१४ बैशाख २०८१, शुक्रबार
आफैँबाट सुधार सुरु गर्ने प्रधानमन्त्री प्रचण्डको निर्णय


प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री कार्यालयबाटै सुधार चाहेका छन् । प्रधानमन्त्रीका रूपमा पदभार ग्रहण गरेपछि पहिलो निर्णय गर्दै प्रचण्डले प्रधानमन्त्री कार्यालयबाटै सुधार चाहेका हुन् ।

पहिलो निर्णयमा प्रधानमन्त्री कार्यालयको सुदृढिकरण गर्ने प्रतिबद्धता जनाइएको छ ।
पहिलो निर्णयमा भनिएको छ, ‘सुशासन, सेवा प्रवाह र विकास निर्माणका काममा प्रभावकारिता अभिवृद्धि गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सुदृढीकरणका लागि रणनीतिक अध्ययन गर्ने ।’

यसबाट उनले पहिलो सुधार प्रधानमन्त्री कार्यालयबाटै सुरु गर्न र त्यसलाई शक्तिशाली बनाउन चाहेको देखिन्छ । कार्यालयका प्रवक्ता महादेव पन्थका अनुसार यो सैद्धान्तिक निर्णय हो । अध्ययन के र कसरी गर्ने तथा त्यसको समयसीमाबारे कार्यालयले नै निर्णय गरेर अघि बढ्नेछ ।

Nabintech