१६ चैत्र २०८०, शुक्रबार
प्रधानमन्त्री प्रचण्डले गरे पदभार ग्रहण


काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदभार ग्रहण गरेका छन् । उनले केही बेर अघि सिंहदरबार पुगेर पदभार ग्रहण गरेका हुन् । उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका कर्मचारीहरुले सिंहदरबारमा स्वागत गरेका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै प्रधानमन्त्री दाहाल लैनचौरस्थित शहीद स्मृति स्मारकमा पुगेर शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । त्यस लगत्तै प्रधानमन्त्री दाहाल कीर्तिपुर पुगेका थिए ।

यस्तै, प्रधानमन्त्री दाहालले नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा रहेको शहीद तथा बेपत्ता स्मृति स्तम्भमा माल्यार्पण गरेका थिए । माओवादीले जनयुद्ध तथा जनआन्दोलनका क्रममा शहादत प्राप्त गरेका एवं बेपत्ता भएका योद्धाको स्मृतिमा स्तम्भ निर्माण गरेको छ ।

Nabintech