७ बैशाख २०८१, शुक्रबार
नेपालगन्ज – सुर्खेत सडक खण्ड अबरुद्ध


कोहलपुर / नेपालगन्ज सुर्खेत रोड अन्तर्गतको सडकहरुमा  चक्काजाम गरिएको छ । बाँकेको बैजनाथ गाउँपालिका वडा नं ४ बस्ने रमेश चन्द ठकुरीको शुक्रबार मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको थियो । मृत्यु भएको २ दिन पुग्दा पनि क्षतिपूर्ति  नपाएको भन्दै पीडित पक्षका आफन्ती द्वारा चक्काजाम गरिएको हो ।

आफुले क्षतिपूर्ति नपाउदा सम्म आन्दोलन निरन्तर जारी रहने मृतकका आफन्त बताउन्छन । नेपालगन्ज – सुर्खेत सडक खण्डमा पर्ने बानियाभार, च्यामा र चिसापानी पुर्ण रुपमा चक्काजाम गरिएको छ । नेपालगन्ज देखि सुर्खेत जान छुटेका सुर्खेत बाट नेपालगन्ज आउन लागेका तमाम गाडिहरु बिच बाटोमै रोकिएको छ ।

पुष ८ गते शुक्रवार बिहान कार्यलयबाट घर निस्किएका चन्द सुर्खेत – नेपालगन्ज सडकखण्ड अन्तर्गत हर्रे र छिन्चुको बिच जङ्गलमा ओभर्टेक गर्ने क्रममा कर्णाली प्रदेश ०२००१ (क) ००११ नम्बर बसको ठक्करबाट घटना स्थलमै मृत्यु भएको थियो बस र बस चालकलाई इलाका प्रहरी कार्यालय छिन्चुले नियन्त्रणमा लिएको छ। सुर्खेतको बिरेन्द्रनगर , सिम्ता बजार, छिन्चु बजार र बाँके बैजनाथका सम्पुर्ण  सडकहरु पुर्ण रुपमा  बन्द गरिएको छ ।

Nabintech