७ बैशाख २०८१, शुक्रबार
कोहलपुरमा बिबि स्टोर सञ्चालनमा


बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ११ गोलपार्कमा बिबि स्टोरको उद्द्घाटन गरिएको छ ।

नेपालगंजमा मुख्य स्टोर रहेको बिबि स्टोरको कोहलपुर शाखाका रुपमा कोहलपुरमा स्थापना गर्दै शनिबार उद्घाटन गरिएको हो । कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेलले स्टोरको उद्घाटन गरेका हुन् । कार्यक्रममा प्रमुख अतिथी समेत रहेका पौडेलले उद्घाटन पश्चात् स्टोरको अवलोकन पनि गरेका छन् । कार्यक्रममा उनले व्यवसायीक सफलताको शुभकामना व्यक्त गरे ।

कार्यक्रममा प्रोप्राईटर मोहमद सरिफ वागवानको अध्यक्षतामा भएको कार्यक्रममा पौडेलले उच्चकोटीको उत्पादनहरू ग्राहकलाई पस्कदै निरन्तर प्रगतिको शुभकामना व्यक्त गरे । उनले गुणस्तरीय विविधब्राण्डहरु सहज र सरल ढंगले यहाँका ग्राहकहरूलाई उपलब्ध गराउने ध्येयले यस स्टोरको स्थापना गरिएकोमा खुशी व्यक्त गरे । उनले भने ‘ग्राहकहरुको बदलिदो इच्छा एवं आकाङ्क्षालाई परिपूर्ति गर्दै बिबि स्टोरले कोहलपुर क्षेत्रमानै नयाँ मापदण्ड सिर्जना गर्नेमा हामी विश्वस्त छौ ।’ नेपालगंजमा ३४ वर्षदेखि सेवा दिदै आएको बिबि स्टोरले कोहलपुरमा पनि गुणस्तरीय सेवा दिने प्रोप्राईटर वागवानले प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा बिनोद अग्रहरी, उद्योग बाणिज्य संघ नेपालगन्ज महासचिव चिरञ्जीवी ओलि, पूर्व अध्यक्ष नन्दलाल वैश्य लगायतको सहभागिता रहेको थियो । स्टोरमा बच्चादेखि वृद्धसम्माका व्यक्तिहरुले चलाउने साईकल, बच्चाका लागि चार्जवाला स्कुटर तथा मोटरसाईकल, खेल सामाग्री, गीतर लगायत सांगीतिक सामाग्री, फिटनेसका सामाग्री, ईलेक्ट्रोनिक्सका सामानहरु, जुत्ता लगायतका सामानहरु पाईने संचालक अल्ताफ बागवानले बताए ।

Nabintech