८ बैशाख २०८१, शनिबार
पत्रकार महासंघले सदस्यता शुद्धिकरण गर्ने


नेपाल पत्रकार महासंघले सदस्य शुद्धिकरण गर्ने भएको छ ।सुर्खेतको वीरेन्द्रनगरमा जारी महासङको केन्द्रीय वार्षिक साधारणसभाको शुक्रबारको बन्द सत्रले महासचिव रोशन पुरी, महासंघका पूर्वमहासचिव उजीर मगर, सचिवद्वय रामप्रसाद दाहाल र धर्मेन्द्र कर्ण रहेको सदस्यता शुद्धिकरण अध्ययन समिति गठन गरेको हो ।
साधारणसभाले शुक्रबार राति नै महासचिव पुरीको सांगठनिक प्रतिवेदन, कोषाध्यक्ष कलेन्द्र सेजुवालको आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक लेखनाथ न्यौपानेको प्रतिवेदन संशोधनसहित पारित गरेको थियो । केन्द्रीय परिषद् सदस्यका सुझावहरु समेटेर प्रतिवेदनमा समेट्न प्रतिवद्धता जनाएका थिए । शनिबार सुर्खेत घोषणा पत्र जारी गरेर साधारणसभा समापन हुनेछ ।

Nabintech