६ बैशाख २०८१, बिहीबार
बहुमुखी क्याम्पस कोहलपुरमा स्नातक तह प्रथम सेमेस्टरका विद्यार्थीहरु लाई स्वागत


कोहलपुरमा रहेको मध्यपश्चिम विश्वविद्यालय वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर स्नातक तह दोस्रो सेमेस्टरका विद्यार्थीहरूको आयोजनामा स्नातक तह प्रथम सेमेस्टरका विद्यार्थीहरूलाई स्वागत गरिएको छ । विगत ३१ वर्षको ईतिहास कायम गरेको यो क्याम्पस पश्चिम क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्ने र विद्यार्थीको रोजाईको मुख्य थलो बनेको छ ।

स्वागत कार्यक्रमका प्रमुख अतिथी निमित्त क्याम्पस प्रमुख शिशिर कुमार शर्माले क्याम्पसमाको वृहतर विकास गर्ने कार्यमा सबैको सहयोग रहेको भएको वताए । उनले क्याम्पस बाट हजारौं जनशक्तिले अध्ययन गरेको र हाल सम्म सबैले सरकारी तथा गैरसरकारी निकायमा सेवा गरिए वताए । उनले बागेश्वरी क्याम्पसले गुणस्तरीय शिक्षा दिदै आएको र अब झन यस बर्षमा वि वि ए कार्यक्रमको पठनपाठन समेत भएकोले आम विद्यार्थी तथा अभिभावकको मन जितेको जिकिर गरे ।

क्याम्पसमा आउने सम्पूर्ण नंया आगन्तुक विद्यार्थी लाई खादा र माला सहित स्वागत गरिएको प्राध्यापक एकराज शर्माले जानकारी दिए । उक्त कार्यक्रम पुर्व क्याम्पस प्रमुख रमेशचन्द्र अधिकारी, ध्रुव कुमार अधिकारी, पुर्व सहायक क्याम्पस प्रमुख सुशील अधिकारी र कृष्ण प्रसाद अधिकारी, विभागीय प्रमुखहरु एकराज शर्मा, खोपिराम वलि क्षेत्री, ज्ञानेन्द्र शाही, प्रमोद सुवेदी प्राध्यापक संघका सभापति राज कुमार चन्द, प्रशासकिय अधिकृत वेदराज लम्साल, क्याम्पसका प्राध्यापक, कर्मचारी, विद्यार्थी संघ संगठनका नेताहरु ने.वि.संघका प्रतिनिधि युवराज विस्ट, अनेरास्ववियुका इकाई अध्यक्ष महेन्द्र प्रकाश मल्ल र अखिल क्रान्तिकारीका इकाई अध्यक्ष दिपेन्द्र शाही लगायत विद्यार्थीहरुको उपस्थित रहेको थियो । कार्यक्रमको स्वागत मन्तव्य शुक्रराज शाहिले गरेका थिए । कार्यक्रम प्रतिभा पंगेनिको सभापतित्वमा थियो । उक्त कार्यक्रमको सन्चालन शान्ती विक र सन्तोष महतले गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुका विभिन्न प्रतिभाहरु समेत देखाईएको थियो ।

Nabintech