८ बैशाख २०८१, शनिबार
बालुवाटार बैठक निष्कर्षहीन, शनिबार पनि बस्ने


आगामी सरकार गठनलगायत शक्ति बाँडफाँडमा समझदारी बनाउन प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच बालुवाटारमा भएको बैठक निष्कर्षविहीन भएको छ ।

दुई नेताबीच करिब साढे दुई घण्टा छलफल भएको थियो । ठोस समझदारी नबने पनि शनिबार पुनः छलफल गर्ने गरी बैठक टुंगिएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले गठबन्धनकै सरकार बनाउने गरी सकारात्मक छलफल भएको जानकारी दिए । उनले शनिबार दिउँसो थप छलफल हुने बताए ।

Nabintech