४ बैशाख २०८१, मंगलवार
छोटो अभधिका तालिम दिने टेक्निकल कलेजको नाममा ब्रमलुट

कोहलपुरको भेरी मालिका टेक्निकल कलेजलाई बिद्यार्थीले गराए बन्द



कोहलपुर/ पछिल्लो समय सिटिइभिटी अन्तर्गत छोटो अभधिका तालिमका नाममा विद्यार्थीहरु ठगिदैँ आएका छन् । त्यसको एउटा उदाहरणको बाँके कोहलपुर नगरपालिका ११ मा रहेको भेरी मलिका टेक्निकल कलेज बन्द गरिएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदद्धारा छोटो अवधिको तालिम कार्यक्रमको अनुमति प्राप्त उक्त कलेजलाई विद्यार्थीहरुले  बन्द गराएका हुन् ।

विद्यार्थी संगठनका प्रतिनिधिको रोहभरमा कलेज सन्चालक समितीको तर्फबाट निर्देशक दिनेश न्यौपाने र पिडित विद्यार्थीहरु विच सहमति हुँदा लामो समय देखि शिप परिक्षण गराउन नसकेर विद्यार्थीहरु माथि उक्त कलेजले ठगी भएको भन्दैँ विद्यार्थीहरुले आफुले तिरेको सतप्रतिशत शुल्क फिर्ता हुनुपर्ने लगायतका मागहरु सहित विद्यार्थीहरु आन्दोलित भएका थिए ।

उक्त सहमति पत्रमा २०७६ असारमा र त्यसपछिका बर्षमा भर्ना भएर पनि शिप परिक्षण (Skill Test) नगरिएका EDF, CSAD मा भर्ना भएका सम्पूर्ण विद्यार्थीहरुले तिरेको सत प्रतिशत रकम क्षेतिपुर्ति सहित फिर्ता गर्ने, EDF कार्यक्रममा यो बर्ष नयाँ भर्ना भएर पढिरहेका विद्यार्थीले तिरेको सत प्रतिशत रकम क्षेतिपुर्ति सहित फिर्ता गर्ने, कलेज संग सम्बन्धित सम्पुर्ण समस्याहरु समाधान नभए सम्मको लागी कलेज सम्पूर्ण रुपले बन्द गर्ने, २०७६ असारमा उद्यम विकास सहजकर्ता कार्यक्रममा भर्ना भएका विद्यार्थीहरुको उक्त कलेजले हाल सम्म पनि सीप परिरण गराउन सकेको छैन् । उक्त कलेजले इडिएफ, सिएसएडी लगायतका छोटो अवधिकाकार्यक्रम सन्चालन गर्दै आएको थियो । उक्त कलेज दिनेशराज न्यौपाने, कृष्ण रिजाल लगायतका व्याक्तिहरुले सन्चालन गर्दैँ आएका थिए ।

पछिल्लो समय यस्ता तालिम कार्यक्रमको नाममा बाँके, सुर्खेत, दाङ, सल्यान लगायतका लुम्बिनी, कर्णाली र शुदुरपश्चिम लगायतका जिल्लाहरुमा विद्यार्थीहरुलाई झुक्याएर १८ महिने कोर्ष भन्दैँ भर्ना गराउने, बर्षौ समय हुँदा पनि शिपपरिक्षण नगराउने, मनोमानी शुल्क अशुलि गर्ने लगायतका समस्याहरु देखिँदा समेत सिटिइभिटी लगायत सरोकाला निकाय भने मौन देखिएका छन् ।

कोहलपुर क्षेत्रमा अन्य आधादर्जन संस्थाहरुले यसरीनै ठगिधन्दा चलाईरहेका छन ।

सहमति पत्र

Nabintech