१६ चैत्र २०८०, शुक्रबार
नेवि संघको नव नियुक्त अध्यक्षलाई बधाई तथा शुभकामना


कोहलपुर । नेपाल विद्यार्थी संघ बाँकेका नव नियुक्त अध्यक्ष उपेन्द्र विष्टलाई बधाई तथा शुभकामना प्रदान गरिएको छ। विपि कोइराला स्कुल अफ पव्लिक पोलिसी बाँकेको आयोजनामा नवनियुक्त जिल्ला अध्यक्ष विष्टलाई खादा लगाइ बधाई एवं कार्यकाल सफलताको शुभकामना प्रदान गरिएको हो ।

कार्यक्रममा बोल्दै नेविसंघ जिल्ला अध्यक्ष उपेन्द्र विष्टले आफूले पाएको जिम्मेवारी लगनशीलताका साथ पूरा गर्ने प्रतिबद्धता जनाएका छ्न । ‘१० वर्षमा ५ वटा जिल्ला अध्यक्ष फेरि सक्नुपर्ने हो तर केही कारणले जिल्लाको अधिवेशन १० वर्षसम्म हुन सकेन अब केन्द्रले मलाई पठायको । सबैको सहयोगबाट संगठन विस्तार गरेर छिट्टै अधिवेशन सम्पन्न गराउने छु ।’ उनले भने ।

विभिन्न वाहानाले अध्यक्षलाई विवादित वनाएर जिल्लालाई फेरि पनि नेतृत्व विहिन बनाउने प्रयास भईरहेको बताउँदै विष्टले यस्ता गतिविधि नगर्न समेत अनुरोध गरेका छन ।

नेवि संघका नेता तथा विपि कोइराला स्कुल अफ पव्लिक पोलिसी बाँकेका प्रवक्ता युवराज विष्टको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाली काँग्रेस बाँकेका जिल्ला उपसभापति कृष्ण कार्की, जिल्ला सदस्य निम बहादुर चलाउने ९निरज०, कोहलपुर नगरपालिका वडा नं। २ सभापति यज्ञ महरा, नेविसंघ जिल्ला अध्यक्ष उपेन्द्र विष्ट, नेपाली काँग्रेस नगर कमिटी सदस्य प्रेम बहादुर विष्ट, नेविसंघ नेता अर्जुन तिवारी लागायतको युवा नेताको उपस्थिती रहेको थियो ।

Nabintech