१३ बैशाख २०८१, बिहीबार
मानखोला दोहन रोक्न स्थानियद्धारा बैजनाथ गाँउपालिका घेराउ


बैजनाथ गाँउ पालिका वडा नं २ स्थित मानखोला अबैध तरिकाले दोहन गरेको भन्दै स्थानियले गाँउपालिका घेराउ गरेका छन ।
दोहन रोक्न बैजनाथ गाँउपालिका , प्रहरी प्रशासनले कुनै चासो नदेखाएको स्थानियको आरोप छ । स्थानिय पुर्ण प्रसाद कोईरालले नदि दोहन बिरुद्ध आवाज उठाउने स्थानिय लाई कुटपिट गर्ने र मार्ने सम्मको धक्कि दोहनकर्ताले दिने गरेको बताए ।
रातको १२ बजेपछि दैनिक स्काभेटर खोलमा लगेर नदि दोहन गर्ने गरिएको उनिहरुको आरोप छ । स्थानिय प्रहरी समेत दोहन कर्ताको सहयोगी बन्ने गरेको स्थानिय बासिन्दाको आरोप छ ।
जथभाबि दोहनले जब्दहवा , पहाडीपुर कन्याराज गाँउ जोखिममा रहेको स्थानियको भनाई छ ।
नदि दोहन गरेको खाल्टोमा डुवेर केहि समय पहिले २ बाल बालिकाको समेत मृत्यु भएको स्थानियले बताए । स्थानियका अनुसार नदि दोहन कै कारण गाँउका धाराहरुमा पानी आउन छाडेको आरोप छ ।
स्थानिय दिपक गुरुङले रातको समयमा खोला छोउमा नदि जन्य पदार्थ जम्मा पार्ने र दिउसोको सयमा आफ्नो पुरानो स्टक हो भन्दै अन्यत्र लैजाने गरिएको जानकारी दिए ।
बाँके र बर्दियाको सिमा क्षेत्रमा पर्ने सो स्थानमा बर्दिया बाट अबैध स्टक प्रमाणीत गरेर दोहनकर्ताहरुले खुलेआम गुण्डाराज चलाएको स्थानियको आरोप छ ।
स्थानियले नदि दोहन रोक्न माग गर्दै गाँउ पालिका प्रमुख प्रकाश शाही लाई ज्ञापन पत्र समेत बुझाएका छन । दोहन नरोकिए पालिकामा तालाबन्दी लगायतका आन्दोलनका कार्यक्रम गरिने स्थानियको भनाई छ ।
ज्ञापन पत्र बुझ्दै पालिका अध्यक्ष शाहीले प्रशासनको सहयोगमा नदि दोहन रोक्ने प्रतिबद्धता जनाएका छन ।

Nabintech