१५ चैत्र २०८०, बिहीबार
कहिले सञ्चालनमा आउला कोहलपुर नगरपालिकाको एम्बुलेन्स

खरिद गरेको ८ महिना सम्म पनि सञ्चालमा आउन सकेन कोहलपुर नगरपालिकाको एम्बुलेन्स ,डिजिटल एक्सरे मेसीन , टोकन लिने मेसीन , हाजिर गर्ने मेसीन लगायत अधिकाँस डिजिटल उपकरण प्रयोगमा आउन सकेनन्



कोहलपुर /कोहलपुर नगरपालिकाले एम्बुलेन्स खरिद गरेको ८ महिना पुगिसक्दा समेत सञ्चालनमा ल्याउन सकेको छैन । जनता लाई सुलभ स्वाथ्य सेवाका लागी भनेर लाखौ रुपैयामा खरिद गरेको एम्बुलेन्स गरिद गरेको ८ महिना पुगिसक्दा समेत सञ्चालनकालागी न ड्राईभर छ न  कार्यबिधी बनाईएको छ । ८ महिनाको अवधिमा कोहलपुर वडा नं २ का एक मृगौला रोगी लाई भेरी अस्पताल पुर्याउने बाहेक कार्यलय परिसरमा थन्किएको छ ।
यस अधिका कोहलपुर नगरपालिकाको प्रमुख लुट बहादुर रावतले बिदाई हुने बेलामा एम्बुलेन्स खरिद गरेका थिए ।
केही दिन अघि मात्रै कोहलपुरको ग्रामीण क्षेत्रबाट खटियामा बिरामी बोकेर अस्पताल ल्याउदै गरेको तस्बिर सामाजिक सञ्जालमा भाईरल भएको थियो ।
एम्बुलेन्स मात्रै होईन कोहलपुरमा रहेको प्राथमिक स्वाथ्य केन्द समेत चिकित्सक बिहिन छ । अस्पतालमा रहेका करारका २ जना चिकित्सकले राजिनामा दिएर बिदाई भएकाले स्वाथ्य केन्द्र चिकित्सक बिहिन भएको हो ।
स्वाथ्य केन्द्रकी अहेव मिठु शाहीले दैनिक ५० को हाराहारीमा बिरामी स्वाथ्य केन्द्रमा आउने बताउदै चिकित्सको अभावमा गुणस्तरीय सेवा दिन नसकेको बताईन् । उनले आफुहरुले सक्दो सेवा प्रवाह गर्दै आएको जानकारी दिईन ।
प्राथमिक स्वाथ्य केन्द्रमा रहेको डिजिटल एक्सरे समेत प्रयोय बिहिन छ । कार्यलयले खरिद गरेको डिजिटल एक्सरे मेसीन झण्डै २ बर्ष देखि त्यसै थन्किएको एक कर्मचारीले जानकारी दिए ।
कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालले प्रबिधीक र चिकित्सको अभावमा एक्सरे मेसिन सञ्चालन गर्न नसकिएको स्विकार गरे । उनले भरखरै एम्बुलेन्स सञ्चालन कार्यबिधी पास भएको र ड्राईभरको व्यवस्था गरि छिटै सञ्चालन गरिने जानकारी दिए ।
त्यसो त कोहलपुर नगरपालिकामा रहेका धेरैजसो डिजिटल उपकरणहरु बिग्रेको अवस्थामा रहेको पाईएको छ ।
कोहलपुर नगरपालिको टोकन लिने मेसीन , कार्यलयको मुल गेटमा रहेको डिजिटल घडि , र कार्यालयको बाहिर राखिएको टिभि समेत बिग्रएको अवस्थामा छ भने डिजिटल हाजिरी मेसीन समेत बिग्रीएको अवस्थामा छ । कार्यलयका कर्मचारीले नियमित रजिष्टरमा हाजिरी गर्ने गरेका छन ।
कोहलपर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालले अन्य डिजिटल सामाग्रि केहि बिग्रिएको र केही लाई बन्द गरिएको भएपनि डिजिटल हाजिरी मेसीनले काम गरि रहेको दाबि गर्छन ।

Nabintech