४ बैशाख २०८१, मंगलवार
भूवरभवानी सामुदायिक वनको अध्यक्षमा मन बहादुर थारु


राप्ती सोनारी गाउँपालिका वडा नं ३ भूवरभवानी सामुदायिक वन उपभोक्ता समुहले नयाँ नेतृत्व चयन गरेको छ । समुहको १५ औं साधरणसभाले मन बहादुर थारुको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको हो । समुहका अध्यक्ष टेक बहादुर थारुको अध्यक्षतामा सम्पन्न साधारण सभाले समुहको उपाध्यक्षमा पति राम थारु, सचिव मेलिना चौधरी ,कोषाध्यक्ष राम कुमारी बि.क., सह सचिव नरदेब थारु लगायत ९ सदस्य चयन गरेको छ ।

प्रमुख अथिति संविधान सभा सदस्य पट्टु थारुको उपस्थितिमा सम्पन भएको हो । प्रमुख अतिथि थारुले साधारणसभालाई सम्बोधन गर्दै वनको संरक्षण केवल केही व्यक्तिले मात्र गरेर नहुने भन्दै सबैको साझा दायित्व भएको बताउनुभयो । वनको संरक्षण र विकास गर्दै वनलाई आयश्रोतको बलियो माध्यम बनाउनु पर्नेमा उहाँको जोड थियो । यस्तै कार्यक्रका अथिति राप्ती सोनारी गा।पा।वडा नं। ३ का वडा अध्यक्ष मिन कुमार थारुले वन जस्तो प्राकृतिक सम्पदाबाट प्राप्त हुने आयश्रोतलाइ बर्गीय हिसावले तल परेका समुदायको आर्थिक समुन्नतिकालागि प्रयोग गर्नुपर्नेमा जोड दिनुभएको थियो

Nabintech