१३ बैशाख २०८१, बिहीबार
जनविश्वास सहकारीको अध्यक्षमा नरेन्द्र प्रसाद शर्मा पौडेल


जनविश्वास बहुमुखी सहकारी संस्था कोहलपुर २ को २४ औ बार्षिकोत्सव तथा २० औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा लाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा प्रसाद चौधरीले सहकारी उत्पादन,बजारीकरण र आत्मनिर्भरताको कडी बन्नु पर्ने बताएका छन् । नेकपा एमालेका नेता समेत रहेका प्रदेश सांसद चौधरीले बचत,ऋण र लगानीमा चनाखो रहन आग्रह गर्दै सहकारीले गरिबि न्युनीकरणका लागि रोजगारी सृजना गर्न सक्ने साना तथा घरेलु उद्योगहरुमा विशेष ध्यान दिनु पर्ने बताए ।

सभा लाई सम्बोधन गर्दै जिल्ला सहकारी संघका अध्यक्ष प्रेम सुवेदीले बचत बैंकमा नभएर सहकारीमा गर्न गराउन जोड दिए । अध्यक्ष सुवेदीले स्थानिय उत्पादन खरिद गर्न र स्थानिय बजारमा किनमेल गर्न शेयर सदस्य मार्फत कोहलपुरवासीमा अनुरोध गरे ।२४ औ बार्षिकोत्सव सँगै २० औ साधारण सभा गरेको जनविश्वासले उत्कृष्ट कर्मचारी प्रबन्धक माधव पोखरेल,रक्तदाता,उत्कृष्ट नियमित बचतकर्ता,जेष्ठ नागरिक,उत्कृष्ट शेयर सदस्य लाई जनही एक हजार नगद सहित दोसल्ला ओढाएर प्रमाणपत्र सहित सम्मान गरेको छ । जनविश्वास सहकारीका अध्यक्ष होमप्रकाश सुवेदीले प्रस्तुत गरेको प्रतिवेदन अनुसार शेयर पूजी रु २ करोड ३० लाख १० हजार ४९२,रु ७ करोड ५२ लाख ७४ हजार ६०१ निक्षेप संकलन,रु १० करोड ७६ लाख १० हजार १८१ कर्जा लगानी गरेको उल्लेख छ ।

अध्यक्ष होम प्रकाश सुवेदीले सम्पुर्ण खर्च कटाएर सहकारीले रु ३४ लाख ६२ हजार ४ सय ५५ रुपैयाँ नाफा गरेको बताएका छन् । अध्यक्ष सुवेदीकै पालामा रु १ करोड ५७ लाख ३६ हजार लगानी रहेको सहकारी बजार पनि कोहलपुर ११ कृषि बजार दक्षिण मा संचालनमा रहेको छ । आज सम्पन्न २० औ साधारण सभा बाट अध्यक्षमा नरेन्द्र प्रसाद पौडेल,उपाध्यक्षमा कुवेर रिजाल,सदस्यहरुमा सुर्य पराजुली,हुमकला गिरि,रेशम सापकोटा,कृष्ण राना,लिलाबल्लभ तिवारीपार्वती सुवेदी र नारायण प्रसाद गौतम सर्वसम्मत चयन भएको सहकारीका पुर्व अध्यक्ष होम प्रकाश सुवेदीले जानकारी दिए ।

आज सम्पन्न साधारण सभाले नारायण थारु संयोजक,सदस्यहरुमा मोती भुषाल,शुसिला चापागाई रहेको लेखा समिति पनि चयन गरेको छ । लेखा समितिका पुर्व संयोजक कृष्ण रानाले आफ्नो कार्यकालमा जम्मा भएको भत्ता रकम बाट ११ जना जेष्ठ नागरिक लाई जाडोमा ओढ्ने ब्लानकेट वितरण गरेका थिए । झण्डै ४ हजार शेयर सदस्य रहेको जनविश्वास बहुमुखी सहकारी संस्था लिमिटेडले मायाको चिनोमा सिमीको दाल प्रयोग गरि बजार प्रवद्र्धनको चेतना प्रवाह गरेको छ ।

Nabintech