१६ चैत्र २०८०, शुक्रबार
राप्तीसोनारी ८ ओभरीमा कालीमाटी मेला


राप्तीसोनारी गाउँपालिकामा कालीमाटी गंगामाला देउती बज्यैको मेला सुरु भएको छ । गाउँपालिकाको वडा नम्बर ८ ओभरीमा बुधवार देखि ३ दिने कालीमाटी गंगामाला देउती बज्यैको मेला जारी छ ।

राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलले दिप प्रज्वलन गरी मेलाको उदघाट्न गरेका थिए । कालीमाटी मेलाले सल्यान रुकुम लगायतका जिल्लाहरुबाट बसाइँसराई गरी आएका मानिसहरूलाई धार्मिक आस्थाका रुपले सबैलाई एकसुत्रमा बाँध्ने काम गरेको छ । मेलाको उदघाट्न सत्रमा बाँके राष्ट्रिय निकुञ्जका हात्ती सहितको र्‍याली, पन्चैबाजा, सोरठी नाच, विद्यार्थीहरुको मार्चपास झाँकी प्रस्तुत गरिएको थियो ।

हरेक वर्ष मंसिर पुर्णिमामा लाग्दै आएको सो मेला यस वर्ष शुक्रवार समापन हुदै छ ।

मेलामा लोक तथा दोहोरी गायक गोपाल नेपाल जिएम, कृष्ण रेउले , अञ्जली अधिकार ि लगायतका कलाकार तथा स्थानीय कलाकारहरुको प्रस्तुति दिएका थिए । नाच, प्रदर्शनीदेखि खेलकुद प्रतियोगिता समेत आयोजना गरिएको छ । मेलामा लोक नृत्य र राप्तीसोनारी गाउँपालिका स्तरीय खुल्ला भलिबल प्रतियोगिता, व्याडमिन्टन, कुर्सी दौड, भाले समात्ने लगायतका आधा दर्जन खेलको समेत आयोजना गरिएको छ ।

खेल संयोजक कृष्ण सुनारले नृत्यको दर्ता शुल्क ५ सय ५, भलिबलको २ हजार ५, ब्याडमिन्टनको १ हजार १ सय ५ रुपैयाँ राखिएको जानकारी दिए । भलिबलमा प्रथम हुनेलाई १५ हजार रकम र प्रमाण९पत्र, द्वितीयको ८ हजार र प्रमाण९पत्र, नृत्यमा प्रथम हुनेलाई ५ हजार र प्रमाण९पत्र, तृतीयलाई ३ हजार र प्रमाण९पत्र, व्याडमिन्टनमा प्रथम हुनेलाई १० हजार र प्रमाण९पत्र, द्वितीय हुनेलाई ५ हजार र प्रमाण९पत्र प्रदान गरिने आयोजकले जनाएको छ । मेलाको उदघाटन सत्रमा विभिन्न संघसंस्थाका प्रतिनिधि, सामुदायिक वनका प्रतिनिधि, शिक्षक, विद्यार्थी, सुरक्षाकर्मी, सर्वसाधारण लगायतको सहभागिता रहेको थियोे ।

 

Nabintech