६ चैत्र २०८०, मंगलवार
दिगो शान्ति मध्यवर्तीको अध्यक्षमा भरत खड्का विजयी


रिम्ना मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह राप्तीसोनारी ९ अन्तर्गत दिगो शान्ति मध्यवर्ती समितिको अध्यक्षमा भरत खड्का विजयी भएका छ्न ।

गठबन्धनका भरत खड्का एमालेका धनीराम थारुलाइ ३४ मतान्तरले पछि पार्दै विजयी भएका हुन जम्मा खसेको ३०३ मत मध्ये खड्काले १६५ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्द्वी थारुले १३१ मत प्राप्त गरेका थिए ।

त्यस्तै उपाध्यक्षमा गठबन्धनका दुर्गा खत्री १६० मत ल्याइ विजयी भएकी छिन । उनकी प्रतिद्वन्दी मिरा चौधरीले १३१ मत प्राप्त गरेकी थिइन। सचीवमा भने नेकपा एमालेका दिपेन्द्र केसी १५० मत प्राप्त गरी विजयी भएका छ्न उनका प्रतिद्वन्दी गठबन्धनका गेदलाल वलीले १४४ मत प्राप्त गरेका थिए ।

जम्मा ३३५ मध्ये ३०३ मत खसेको र ४ मत बदर भएको निर्वाचन परिचालन समितिले जनाएको छ । ढकेरी मध्यवर्ती समितीको प्रतिनिधिका लागि अध्यक्ष भरत खड्का र उपाध्यक्ष दुर्गा केसी छनौट भएका छ्न ।

Nabintech