७ बैशाख २०८१, शुक्रबार
प्रचण्डलाई भेट्न खुमलटार पुगे सीके राउत


काठमाडौं– जनमत पार्टीका अध्यक्ष सीके राउत र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ।

बिहीबार अपराह्न प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बालुवाटार पुगेर भेटेका राउतले साँझ खुमलटार पुगेर माओवादी अध्यक्ष दाहाललाई भेटेका हुन्।

प्रचण्ड र राउतबीच बधाई तथा शुभकामना साटासाट भएको प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले बताएकी छन्।

मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा प्रचण्ड गोरखा–२ र राउत सप्तरी–२ बाट निर्वाचित भएका थिए।

वर्तमान सत्ता गठबन्धनले राउत नेतृत्वको पार्टीलाई गठबन्धनमा सहभागी गराएर सरकार गठनको प्रयास थाल्ने बताइएको छ। जसका लागि देउवाले बिहीबारको भेटमा राउतसँग प्रस्ताव गरिसकेको कांग्रेस नेता विमलेन्द्र निधिले बताएका छन्। निधिका अनुसार यसमा राउत ‘सहमत’ छन्।

Nabintech