१४ बैशाख २०८१, शुक्रबार
कसरी रोकीएला ठुलिको आशु ?

निमुखाको मुखमा हाल्ने माड बन्द गराउदै स्थानीय सरकार



कोहलपुर/बिहीबार मध्यान्न कोहलपुर न्युरोड नजिक झण्डै ५० बर्षिय ठुलि दमाई डाँको छोडेर रुदै गरेको भेटिईन् । कारण थियो उनले गुजारा गर्दै आएको ठेला नगर प्रहरीले खोसेर लैजानु ।
कोहलपुर १२ मा डेरा गरेर बस्ने ठुलि कोहलपुर बजार क्षेत्रमा पानीपुरि बेचेर गुजारा गर्दै आएकी थिईन । बिहीवार दिउसो कोहलपुर नगर प्रहरीले आफ्नो रोजि रोटीको माध्याम बनेको ठेला लगी दिएपछि उनी अव कसरी गुजार गर्ने होला भन्दै रुदै थिईन । न्युरोड चोक नजिक रहेको मेला लगाउने खालि चौरमा पानि पुरि बेच्दै आएकी आपाङ समेत रहेकी ठुलीले आफ्नो ठेला खोसिएको बताउँछीन । बुढेसकालको उमेर , साहार बिहीन एकल महिला ठुलीले आफुले सक्दो काम गरेर खान्छु भन्दा पनि नपाउने कस्तो जमना आयो भन्दै रुदै थिईन । उनले फुटपाथ होईन काला बजारी , महंगी र भ्रष्टाचार नियन्त्रण गर्न आग्रह गरिन ।
पछिल्लो स्थानिय सरकारले व्यवस्थीत र सुन्दर शहर निर्माण गर्ने भन्दै सडकका ठेला र फुटपाथ व्यवसाय नियन्त्रण अभियान सुरु गरेको बताउने गरेको छ । तर दैनिक गुजार गर्ने ठेला नियन्त्रण गरि रहदा नगरका सार्वजनिक स्थानमा थुपारिएका नदिजन्य पदार्थ , सडक ढाकेर राखिने निर्माण समाग्री र निजी जग्गामा अव्यवस्थीत तवरले राखिएका ठेलाले नगरको शौन्दर्य झनै बिगारेको ठेला व्यवसायी राम कृष्ण सापकोटा बताउछन ।
उनले बिकल्प बिहीन तरिकाले सडकका ठेला तथा फुटपाथ व्यवसाय नियन्त्रण गनु दुखद भएको बताए ।
उमेर ढल्केकार र आर्थिक रुपमा बिपन्नहरुले गुजाराको माध्याम ठेला र फुटपाथ लाई बनाउने गरेको उनको भनाई छ ।
उनले अनियन्त्रीत अटोरिक्सा ,टाउन प्लान एरियामा घर बनाउदा सडकामा राखिने निर्माण सामाग्रि , सार्वजनिक जग्गामा राखिएका निर्माण सामाग्रि र १० बिगाह क्षेत्रमा निजी जग्गामा भन्दै राखिएका ठेला गाडा र फुटपाथ लाई यथावत राखेर सडकमा रहने ठेला नियन्त्रण गनु न्यायोचित नभएको गुनासो गरे । उनले उचित बिकल्प दिएर दिगो व्यवसाय व्यवस्थापनमा लाग्नु पर्ने धारणा राखे ।
स्थानिय सरकार सबैको संरक्षक बन्नुपर्ने भन्दै भक्षक नबन्न आग्ह गरे । देश बिदेसका साना ठुला सहरमा ठेला र फुटपाथ व्यवसाय संञ्चालन हुने भन्दै फुटपाथ व्यवसाय रहर नभए गुजाराको माध्याम भएको उनको भनाई थियो ।
बजारमा कालाबाजारी , महंगी , गुणस्तरहीन खाद्य सामाग्रि बिक्रि बितरणमा रोक्न चासो छैन तर फुटपाथ नियन्त्रण प्राथमिकतामा पनु गलत भएको उनको भनाई थियो ।के ठेला  नियन्त्रणले कोहलपुरको शौन्दर्य बढेको  छ ?                                                              बिहिवार कोहलपुरको बिभिन्न स्थानमा देखिएका दृश्यहरु :

 

 

 

 

Nabintech