७ बैशाख २०८१, शुक्रबार
प्रचारप्रसारको अन्तिम दिन कोहलपुरमा बाम लोकतान्त्रीक गठबन्धनले ग¥यो बिशाल ¥याली सहित घरदैलो


चुनाव प्रचार प्रसारको अन्तिम दिन बिहिबार कोहलपुरमा बाम लोकतान्त्रीक
गठबन्धनका उम्मेदवाहरुले विशाल ¥याली सहितको घरदैलो गरेका छन । शुन्य समयसुरु हुनुपुर्व गठबन्धनले कोहलपुरमा शक्ती प्रदर्शन गरेको हो ।

कोहलपुर नगरपालिका ११ चौराहमा भेला भएका बाम–लोकतान्त्रीक गठबन्धनकाउम्मेदवारसहितका नेता कार्यकर्ताहरुले बजार क्षेत्रमा घरदैलो गरेका हुन ।घरदैलो कार्यक्रममा करिब ५ हजार बढि स्थानिय सहभागी भएका थिए ।

घरदैलो कार्यक्रम पछिको सभालाई सम्बोधन गर्दै गठबन्धनको तर्फबाट
प्रतिनिधि सभा सदस्य पदका साझा उम्मेदवार महेश्वर गहतराज (अथक) ले बिकास
र समृद्धिकालागि गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्न आग्रह गरे ।
सौहार्दपूर्ण वातावरणमा सम्पन्न हुन गईरहेको निर्वाचनमा सहभागी भई आफ्नो मतदाधिकारको प्रयोग गर्न समेत उनले सबै मतदाताहरुलाई आग्रह गरेका छन ।

बिगतमा गरेका कामको आधारमा बाँके क्षेत्र नं। १ का मतदाताले आफुलाई
जिताउने बताउँदै वर्तमान सरकारका युवा तथा खेलकुद मन्त्री समेत रहेका
अथकले गलत प्रवृत्तिलाई परास्त गरी परिवर्तनका पक्षधरलाई बिजयी बनाउनआग्रह गरे । चुनावी अभियानका क्रममा मतदाताहरुले देखाएको सद्भावलेगठबन्धनका उम्मेदवारहरुको जित सुनिश्चित देखिएको बताउँदै उनले अब मतहाल्ने औपचारीकता पुरा हुन मात्र बाँकी रहेको बताए ।

कार्यक्रममा बोल्दै प्रदेश सभा १ ९ख० का उम्मेदवार फुलाराम थारुले
अग्रगमनका पक्षधरलाई मतदान गर्न सबैसँण्ग अपिल गरे । अनुभवी युवा
उम्मेदवाहरुलाई मतदाताहरुले मत दिनेमा आफु विश्वस्त रहेको बताउँदै थारुले गठबन्धनका सबै उम्मेदवार सक्षम र परिपक्व रहेको जिकिर गरे ।

Nabintech