१६ चैत्र २०८०, शुक्रबार
एमाले उम्मेदवार ढकालकै वडाबाट सिंगो गाँउ काँग्रेस प्रबेश


नेकपा एमालेका तर्फबाट बाँके १ मा उम्मेदवार बनेका सुर्य ढकालकै वडा कोहलपुर १२ बाट सिगो गाँउ गठबन्धनको दल नेपाली काँग्रेस प्रबेश गरेका छन ।
कोहलपुर १२ को दाउन्ना गाँउ बाट २० घर परिवार नेपाली काँग्रेस प्रबेश गरेका हुन । उनिहरु लाई नेपाली काँग्रेस बाँके क्षेत्र नं १ का सभापति पोषण केसीले टिका लगाएर पार्टी प्रबेश गराएका थिए ।


पार्टी प्रबेश कार्यक्रममा बोल्दै सभापति केसीले संबिधानको रक्षा गदै जन अधिकार प्राप्तीका लागी गठबन्धन बनेको भन्दै गठबन्धनका उम्मेदवारहरु प्रतिनिधी सभामा महेश्वर जंग गहतराज अथक लाई हसिया हथौडा र प्रदेश सभामा फुलाराम थारु लाई रुख चिन्हमा मतदान गरि बिजयी गराउन आग्रह गरे । उनले बाँके १ मा गठबन्धनको जित सुनिश्चित रहेको बताए ।
कार्यक्रममा बोल्दै नेपाली काग्रेस क्षेत्र नं १ २ का सभापति बलाराम शर्माले नवप्रबेशीहरु लाई पार्टीले संरक्षण गदै राजनैतिक रुपमा उचित जिम्मेवारी दिईने बताए ।
कायक्रममा बोल्दै प्रदेश सभा सदस्यका उम्मेदवार फुलाराम थारुले आफु बिजयी भएपछि जन भावना अनुसार बिकासका कामहरु गर्ने प्रबिबद्धता जनाएका थिए ।
नव प्रबेशी हरि प्रसाद बाठाँले नेकपा एमालले जनतालाई भोट बैकको रुपमा प्रयोग मात्रै गर्ने गरेको भन्दै आफुहरु नेपाली काँग्रेस प्रबेश गरेको बताए ।

 

Nabintech