७ बैशाख २०८१, शुक्रबार
अथकले पुरा गरेका सात संकल्प


२०७४ सालमा पहिलो पटक साँसदमा निर्वाचित भएपछि माओवादी केन्द्रका स्थायी समिती सदस्य महेश्वर जंग गहतराज (अथक) ले यस क्षेत्रको बिकास गरि छाड्ने संकल्प गरेका थिए । जसको कार्यान्वयनमा उनी खारो उत्रेका छन । आफुले बोलेका कुरा गरी छाड्ने र सुरु गरेका कामहरु पनि पुरा गरी छाड्ने स्वभाव भएका अथक आफ्नो प्रतिबद्धता पुरा गर्न सफल भएका छन ।
पहिलो कार्यकालकालागी निर्वाचित हुँदा अथकले निर्वाचन क्षेत्रका जनतासँग महिनामा कम्तिमा २ पटक अन्तरक्रिया गर्ने, यस क्षेत्र विद्यालय भवनबाट टिनको छानो बिस्थापन गर्ने, राप्ती सोनारी र नरैनापुरलाई सडक सञ्जालले जोड्ने तथा राप्ती सोनारी र नरैनापुरमा बिधुतीकरण गर्ने बाचा गरेका थिए । त्यस्तै जिल्लाको समग्र बिकासको नेतृत्व लिने, बाँकेको पहुँच सिंहदरबारसम्म पु¥याउने र सिक्टा सिचाईको काम अगाडी बढाउनुका साथै पुर्वी नहर निर्माण गरेर सिक्टाको पानी खेतमा पु¥याउने जस्ता संकल्प गरेका थिए । आफुले गरेका अधिकाँस संकल्प पुरा गरेका अथकले आफ्नो निर्वाचन क्षेत्रमा दिर्घकालीन प्रभाव छाड्ने खालका ठुला योजनाहरु समेत भित्राउन सफल भएका छन ।

निर्वाचन क्षेत्रका जनतासँग नियमित अन्र्तक्रिया गर्ने
पहिलो पटक निर्वाचति भईसके पछि अथकले आफ्नो निर्वाचन क्षेत्रका जनतासँग नियमीत भेटघाट र अन्तरक्रिया गर्ने संकल्प गरेका थिए । जनतासँग महिनामा कम्तीमा दुई पटक अनिवार्य अन्तक्रिया गर्ने र सोही आधारमा बिकासका कामहरुलाई प्राथमिकता राख्दै आएका थिए । जिल्लामा भएको समयमा कुनै न कुनै कार्यक्रम बनाएर प्राय दैनिकजसो उनि जनतासँग भेटघाट र अन्तरक्रिया गरीरहन्थे । जिल्ला बाहिर अर्थात काठमाण्डौमा भएका समयमा समेत महिनामा २ पटक अनिवार्य जिल्ला आउने र अन्तरक्रिया र छलफल गर्ने गरेका थिए ।


अथकका अनुसार युवा तथा खेलकुद मन्त्री हुँदा जिलला आउने क्रम केहि कम भएपनि साँसदको हैसियतमा रहँदा साप्ताहिक रुपमा जिल्लामा आउने र अन्तरक्रिया गर्ने गरिएको थियो । सो संकल्पका कारण अथक नियमित जनतामा माझ छन र लोकप्रिय समेत छन । आसन्न निर्वाचनमा बाँके क्षेत्र नं. १ बाट पुनः उम्मेदवारी दिएका अथकले सर्वप्रिय बिकासप्रेमी नेताको छबि समेत बनाएका छन ।

विद्यालय भवनबाट टिनका छाना बिस्थापन अभियान

अथकले आफु निर्वाचित भए लगत्तै यस क्षेत्रका बिद्यालयहरुबाट टिनको छाना बिस्थापन गर्ने संकल्प गरेका थिए । सो अभियानमा पनि अथक सफल भएका छन । उनको पहलमा यस क्षेत्रमा बिभिन्न विद्यालयमा झण्डै २ सय पक्कि कक्षा कोठाहरु निर्माण भएका छन ।


निर्वाचन क्षेत्र बिकास कार्यक्रमको अधिकाशं बजेट बिद्यालय भवन निर्माणमा खर्चेका अथकले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम र अन्य कायक्रमबाट समेत बिद्यालय भवन निर्माण र अन्य शैक्षिक सुधारमा जोड दिएका थिए ।
शिक्षा क्षेत्रमा सुरु भएका सबै नयाँ र पुराना कार्यक्रमहरुको बजेट जिल्लामा पार्न उनि सफल भएका छन । “बजेटको आकार सानो ठुलो होला तर सबै कार्यक्रम मेरो निर्वाचन क्षेत्रमा चालु छन” अथक भन्छन । उनले बिद्यालय भवनका साथै बिद्यालयको शैक्षिक गुणस्तर सुधारकालागी पनि प्रबिधीक धार र कम्प्युटर ल्याव निर्माणमा समेत जोड दिएका थिए ।
यस संकल्पका कारण दिगो बिकास गरि देशको शैक्षिक तथा आर्थिक समाजिक अवस्थामा परिर्वतन ल्याउन चाहेको अथकको भनाई छ ।

राप्ती सोनारी र नरैनापुरलाई सडक सञ्जालसँग जोड्ने

यस निर्वाचन क्षेत्रको समस्याहरु गहिरोसँग बुझेका अथकले अर्को महत्वकाक्षी संकल्प गरेका थिए, त्यो हो बिकट स्थानका रुपमा चिनिने राप्ती सोनारी र नरैनापुरलाई सडक सञ्जालसँग जोड्ने । उनले प्रगती हुन नसकेको हुलाकी सडकलाई पुर्णता दिन पहलकदमी लिएका थिए । राप्ती सोनारीको मेहमानपुर देखी अधैयासम्म जोड्ने थप हुलाकी सडक निर्माण गरे । नरैनापुर देखी अगैया जोड्ने सडक निर्माण पक्रिया सुरु गरे । अगैया देखी मध्य भाग हुँदै राझा र बर्दियाको बढैया तालसम्म पुग्ने सडकको निर्माण सुरु गरे ।


यि बाहेक कोहलपुर, राप्ती सोनरी र नरैनापुरमा थुप्रै साना ठुला सडक आयोजनाहरु सुरु गरेर सडक सञ्जाललाई बिस्तार गरेका छन । सडक सञ्जाल बिहीन राप्ती सोनारी १ का २ स्थानमा झोलुङ्गे पुल र राप्ती सोनारीको मधुईमा पुल निर्माण गरेर उनले सो क्षेत्रमा सडक सञ्जाल बिस्तार गरेका छन । यस अभियानले अथक बिकास प्रेमी र जनताको आवश्यकता अनुसारको बिकास गरिनु पर्छ भन्ने सोच भएका नेता हुन भन्ने कुरा प्रमाणीत गरको छ ।

बिधुतीकरणलाई पुर्णता दिने

अथकले आफु निर्वाचित भए पछि राप्ती सोनारी गाँउपालिका वडा १, ३, ४, ५, ६, ७ वडामा विद्युतीकरण र नरैनापुर क्षेत्रमा विद्युतीकरणको कामलाई पुर्णता दिने संकल्प गरेका थिए । झण्डै ३० वर्षदेखि ठाडिएका पोलहरुमा बिधुत बिस्तार गर्ने उनको महत्वकाक्षी योजनमा बन मन्त्रालय र ठेकेदार कम्पनी बाधन बनेका थिए ।


उनको ठुलो कसरत पछि विधुत बिस्तारमा सहजता आयो र उनले संकल्प गरे अनुरुप हाल राप्ती सोनारी र नरैनापुर क्षेत्रमा बिधुतीकरणको काम करिव करिव पुर्ण भएको छ । विद्युतीकरण पछि नरैनापुर र राप्तीसोनारी क्षेत्रमा कृर्षि उत्पादन बढ्नुका साथै लघु तथा घरेलु उद्योगको स्थानपा भई रोजगार सृजना हुने उनको बुझाई छ ।
विद्युतिकरणकालागी सो क्षेत्रमा झण्डै ३० अर्व बजेट खर्च गरिएको छ ।

बाँके जिल्लाको पहुँच सिंहदरबारसम्म पु¥याउने

साँसद निर्वाचति भए पछि उनले यस जिल्लाको सार्वजनिक सरोकारका विषय र बिकास बारे नियमीत सिंहदरबारलाई घच्घचाउन सुरु गरे । उनि नियमित सँसदमा उपस्थित हुने र यस क्षेत्रका विषयलाई संसदमा राख्ने काम गरे । उनको सोहि क्रियाशिलताका कारण उनि पहिलो पटक साँसद निर्वाचित भएको साढे तिन वर्ष पछि मन्त्रीका रुपमा सपथ लिन सफल भए ।
पहिलो पटक साँसदमा निर्वाचित हुनेलाई मन्त्री बन्ने बिरलै अवसर प्राप्त हुने गर्दछ ।

सँसदमा निरन्तरको क्रियाशीलता र व्यक्तिगत क्षमताकै आधारमा उनि पहिलो कार्यकालमै युवा तथा खेलकुद मन्त्री बन्न सफल भए । जसका कारण बाँके जिल्लाको सिंहदरबारसम्म सिधा पहुँच स्थापित भयो । उनि खेलकुद मन्त्री रहँदा खेल क्षेत्रमा नितिगत सुधार र पुर्वाधार बिकास गर्नुका साथै खेलाडीहरुको मनोवल बढाउन पुरस्कार तथा सम्मान गर्ने परम्पराको थालनी गरेका छन ।कोहलपुरका प्रशासनिक पहुच पुर्याउन नापि तथा    माल पोत कार्यलय स्थापना , ईलाका प्रशासन कार्यलय स्थापना र बिधुत कार्यालय स्थपनामा उनले पहल कदमी लिए ।

जिल्लाको समग्र बिकासको नेतृत्व लिने

अथक सांसदमा निर्वाचित भएसँगै जिल्लाको समग्र बिकासको नेतृत्व लिन समेत सफल भएका छन । छोटो समय मन्त्री बनेका उनि अधिकाशं समय मुद्धा मामलामा बिते पनि जिल्लाका लागी केहि दुरगामी महत्वका योजनाहरु सुरुवात गर्न सफल भएका छन ।

नेपालगन्ज बिमान स्थलको स्तरउन्नती, सुख्खा बन्दरगाहा, कोहलपुरमा अन्तराष्ट्रि क्रिकेट मैदान र राष्ट्रिय महिला क्रिकेट एकेडमी, राप्ती नदिको कटान तथा डुवान नियन्त्रणको गुरु योजना जस्ता ठुला तथा महत्वपूर्ण योजना निर्माणका कामहरु सुरु भएका छन । यस्तै उनले नौवस्ता औधोगिक क्षेत्र निर्माणकालागि समेत पहलकदमी लिदैं आएका छन ।

सिक्टा नहर खेतसम्म पु¥याउने

नेपाली लगानिमै बनेको सिक्टा सिचाई आयोजनामार्फत कृषकहरुको खेतसम्म पानी पु¥याउने उनको अर्को संकल्प थियो । तर केही प्राबिधीक र अन्य समस्याका कारण सिक्टा सिचाई आयोजना बिचमै बन्द हुने हो कि भन्ने अवस्था सृजना भयो । खास गरी निर्माण सम्पन्न नहुँदै नहरको केही भाग भत्कनुले यसको निरन्तरमा ठुलो समस्या पैदा भएको थियो ।

माननिय अथकको बिशेष पहलमा भत्कीएको भाग मर्मत गरी पुनः सुचारु गराईयो । अहिले सिक्टाको मुल नहर निर्माणको काम करिव करिव सम्पन्न भएको छ । अहिले शाखा र प्रशाखा नहर निर्माणको काम भईरहेको छ भने नरैनापुर र राप्ती सोनारीको केहि भाग सिचाई गर्न पुर्बी नहरको योजना समेत सुरुवात गराउन अथक सफल भएका छन ।
पुर्बी नहर निर्माण भएर केही स्थानमा सिचाईको काम समेत सुरुवात भई सकेको छ ।

राप्ती सोनारी २ को राप्ती नदिमा निर्माण भएको मधुवा पुलको अनुगमनका क्रममा अथक

Nabintech