६ बैशाख २०८१, बिहीबार
अथक र फुलाराम लाई विजय गराउने कोहलपुरका व्यवसायीको प्रतिवद्धता


कोहलपुर प्रजातान्त्रिक उद्योग व्यवापारीहरुको भेलाले लोकतान्त्रिक बाम गठबन्धनका उमेदवारहरुलाई मंसिर ४ गतेको निवाचनमा मतदान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
उनिहरुले बाँके क्षेत्र न.१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री मा।महेश्वर गहतराज “अथक” र प्रदेश सभा सदस्यका उमेदवार फुलाराम थारुलाई विजय गराउन सवै व्यवसायीहरुलाई आग्रह समेत गरेका थिए ।

व्यापारीहरु संग भएको छलफल कार्यक्रमा प्रमुख अतिथि रहेका बाँके क्षेत्र न.१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री मा।महेश्वर गहतराज “अथक”ले नेपालमा लामो समयदेखि आउको यो परिर्वतनलाई संस्थागत गर्नकोलागी नै अहिले यो पाँच दलिय गठवन्धन वन्न पुगेको वताए ।
देशको अर्थतन्त्र समालेको र मुलुकलाई नराम्रो अफवा फैलाउने केहि तत्वलाई अहिलेको सरकारले हटाउन खोज्दा पनि अदालतवाट रोेकेका कारण केहि समस्या आएको वताए । अव वन्ने गठबन्धनको सरकारले यसको समाधान गर्ने उनले वताए । यस क्षेत्रको लागी भित्र कुटिर उद्योग, मझौता उद्योग र ठुला उद्योग स्थापना गर्न पहल गरिने छ ।

हरेक पालिकामा एक स्मार्ट औद्योगिक ग्राम निर्माण गर्ने आफुहरुको सोच रहेको वताए । यस्तै कार्यक्रमा प्रदेश सभा सदस्यका उमेदवार फुलाराम थारुले कोहलपुर क्षेत्रमा व्यापारीहरुका समस्या समाधानकोलागी लोकतान्त्रिक बाम गठबन्धनका उमेदवारहरुलाई विजय गराउन लाग्नु त्यस पछि नया वन्ने सरकारलाई दवाफ दिन आफुहरु लाग्ने वताए । यस्तै लोकतान्त्रिक बाम गठबन्धनका उमेदवारहरु विजय भएमा बाँकेको नौवस्तामा निर्माणको चरणमा रहेको औद्योगिक क्षेत्र लाई पुर्णता दिन पहल गर्ने वताए ।


छलफलमा नेपाली काँग्रेसका जिल्ला सभापति नारायण प्रसाद गौडेलले नेपाली जनताले लामो समयको सर्घष पछि प्राप्त गरेको नेपालको संविधानको रक्षाको लागी लोकतान्त्रिक बाम गठबन्धनका उमेदवारहरुलाइहरुलाई विजय गराउन सवै उद्योगीहरुलाई आग्रह गरेका थिए ।मंसिर ४ पछि सवै व्यापारीको समस्या समाधानको लागी निति वनाउन लाग्ने वताए ।

यस्तै छलफलमा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य चक्रवहादुर अधिकारीले अव निर्वाचन पछि वन्ने लोकतान्त्रिक बाम गठबन्धनको सरकारले व्यवसायीहरु का समस्याहरुलाई आत्म साथ गरेर समाधानको वाटोमा लैजाने प्रतिवद्धता जनाउनु पर्ने वताएका थिए । सवैका समस्याहरुको समाधानको लागी व्यवसायीहरु वोल्नु पर्ने र व्यवसायीका समास्याका वारेका बोल्ने कोहि नभएकाले अव चुनाव पछि व्यवसायीको बारेमा आवाज उठाउन उमेदवारहरुलाई आग्रह गरेका थिए ।

छलफलका विषेश अतिर्थि लोकतान्त्रिक बाम गठबन्धनका का निर्वाचन परिचालन समितिका केन्द्रिय प्रतिनिधि नेपाली काँग्रेसका नेता महेन्द्र शर्माले अहिलेको समय भनेको केपि ओलीको पटक पटकको संविधान माथिका हस्तक्षेपका विरुद्धमा रहेको वताए ।

सवै व्यवसायी मित्रहरुले सवै समस्यालाई मनमा राखेर लोकतान्त्रिक बाम गठबन्धनका उमेदवारहरुलाइ विजय वनाएमा त्यस पछि वन्ने सरकारले समस्याको समाधान गर्ने र गर्ने लगाउने आफुहरुको जिमेवारी भएको वताए ।छलफल कार्यक्रमा कोहलपुर उद्योग बाणिज्य संघका अध्यक्ष लक्षमण राज पौडेल , कोहलपुर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष राजेन्द्र श्रेष्ठ , नेपाली काँग्रेस प्रदेश समानुपातिक तर्फका उमेदवार सन्जु कुमारी थारु लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रमको सभापतित्व प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ कोहलपुरका समायोजक मात्रिका सापकोटाले गरेका थिए ।

Nabintech