८ बैशाख २०८१, शनिबार
बिकासवादी नेता अथक


 बाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट बाँके क्षेत्र नं. १ को उम्मेदवार बनेका माओवादी केन्द्रका नेता महेश्वरजंग गहतराज (अथक) दोस्रो कार्यकालका लागी प्रतिनिधी सभा निर्वाचनको चुनावी मैदानमा होमिदैंएका छन । बिकासबादी नेताको छबि बनाएका अथकको उम्मेदवारीले यस क्षेत्रका नागरीक उत्साहित भएका छन ।

२०७४ सालमा यस क्षेत्रबाट बिजयी भए पछि थुप्रै दिर्घकालिन महत्वका योजनालाई अगाडी बढाएकै कारण उनको चर्चा जिल्लाभरी नै छ । बाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार बनेका उनको जित निश्चित जस्तै रहेको स्थानियको भनाई छ । राप्तीसोनारी ६ का राम प्रसाद थारुले २०७४ सालमा उम्मेदवार हुँदा अथक को हो ? भनेर चिनाउनु परेपनि अब अथक बारे सबै जनता जानकार रहेको बताए । राप्ती नदिमा पक्कि तटबन्धको काम सुरु गर्ने, दर्जनौं उत्तर दक्षिण र पुर्व पश्चिम फर्केका बाटोहरु निर्माण गरेर अथकले बिकासको जग तयार पारेको उनको भनाई छ । पाँच वर्ष पहिले राप्ती सोनारीका जनतालाई बिरामी भए अस्पताल पु¥याउन नसकेर घरमै मृत्यु हुने हो की ? भन्ने चिन्ता थियो । तर अथकको कार्यकालमा सडक सञ्जालसँगै प्रारम्भिक चरणको अस्पताल गाँउमै बनेपछि आधा घन्टा भित्र अस्पताल पुग्न सकिने अवस्था सृजना भएको उनको भनाई छ । अथक साँसद र मन्त्रि भई सकेपछि हुलाकी सडकको काम सम्पन्न भएको छ । राप्ती सोनारीको मेहमानपुर देखी अगैया जोड्न सडक निर्माण गरिएको छ ।

नरैनापुरलाई महेन्द्र राजमार्गसँग जोड्न नरैनापुर देखि अगैयासम्म ट्रयाक खोलिएको छ । अगैया देखि मध्यभागको गाँउहरु जोड्दै राँझा बिमानस्थल देखि बर्दियाको बढैयाताल हुँदै राजपुरसम्म पुग्ने सडक निर्माण सुरु भएको छ । नरैनापुर १ मोलेहे यादवले आफुहरुले पहिलो पटक बिकासको चाहना भएको नेता पाएको बताउछन । अथकले दुर्गम नरैनापुरलाई सुगम नरैनापुरमा परिणत गरिदिएको उनि बताउँछ । उनले बिगतमा समेत उक्त निर्वाचन क्षेत्रले साँसद र मन्त्री पाएपनि अथक निर्वाचित भएपछि मात्र नरैनापुरको मुहार फेरीएको बताए । पोल गाडेको ३० वर्ष पछि अथककै पहलमा गाँउमा बिधुत पुग्दा आफुहरु दङ्ग भएको उनको भनाई छ । विद्युत पुगेसँगै नरैनापुरमा कृषि उत्पादन बढ्नुका साथै साना तथा घरेलु उद्योगहरु समेत स्थापना हुने क्रम बढेको उनी बताउँछन । “विद्युत नहुँदा गाँउमा सामान्य उद्योग खोल्न पनि गाह्रो थियो” उनले भने “विद्युतको सहज पहुँच भएदेखी गाँउमै उद्योग कलकारखाना खोल्ने क्रम बढ्दै गएको छ ।” विद्युतको उपलब्धताले धारामा मोटर जडान गरेर तरकारी खेती गर्न सहज भएको उनको अनुभव छ । सरकारले यस क्षेत्रका कृषकहरुकालागि डिप बोरिङको ब्यवस्था गरीदिए बाह्रै महिना कृषि उत्पादन गर्न सकिने यादव बताउँछन ।

माननिय अथकले सुख्खा क्षेत्रकालागी दर्जनौ डिप बोरीङ गाड्ने योजनाहरु आगाडी सारेको बताउँदै यादवले पुर्बी नरहको काम पनि अथककै योजनामा अगाडी बढेको बताए । नरैनापुर ६ मा उच्च शिक्षा अध्ययन गर्दै आएका स्थानिय राम शंकर धोबिले अथक साँसद भएपछि आफुहरुले रहर लाग्दा बिद्यालय भवन र प्राबिधीक धारको शिक्षा अध्ययन गर्न पाएको बताउँछन । उनले भने “यस क्षेत्रका जिर्ण बिद्यालय भवनलाई अथकले पक्कि भवनमा परिणत गरीदिनुभएको छ ।” अथकले शिक्षा क्षेत्र परिर्वतका लगी ठुलो जग बसालेको उनको भनाई छ । उनले यस क्षेत्रकालागी अथक निर्बिकल्प उम्मेदवार भएको बताए । पहिलो कार्यकालमा ठुला र दिर्घकालीन महत्वका योजना अगाडी सारेका अथकको आगमी कार्यकालमा यस क्षेत्रले मुहार फेर्नेमा आफु विश्वस्त रहेको उनले बताए । अथककै पहलमा बाँके क्षेत्र नं. १ मा टिनको छानो रहित बिद्यालय बनाउने अभियान द्रुत गतिमा अगाडी बढेको छ । अथकले पुर्वाधार बिकास कार्यक्रमको अधिकाशं बजेट शिक्षा क्षेत्रमा लगानी गरेका छन । कोहलपुर क्षेत्र नं १ मा अथकले झण्डै २ सय बिद्यालयको पक्कि कक्षा कोठा निर्माण गराएका छन । जसबाट त्यस क्षेत्रका झण्डैं ८ हजार बालबालिकाले गुणस्तरीय शिक्षा प्राप्त गर्दै आएका छन ।

उनको पहलमा यस क्षेत्रका ४ विद्यालयमा प्राबिधीकधारको पढाईको सुरु भएको छ । नरैनापुरको जय किसान माबि, कोहलपुरको लक्ष्मि माबि र कोहलपुरको ज्ञान ज्योती मावीमा अहिले प्राबिधीक धारका कक्षाहरु संचालन भईरहेका छन । खेलकुद मन्त्री भईसकेपछि अथकले कोहलपुरमा क्रिकेट एकेडमी निर्माण गर्ने पहिलो निर्णय गरेका थिए । कोहलपुर ११ मा निर्माण गर्ने भनिएको अन्तराष्ट्रिय क्रिकेट रंगशालासँगै क्रिकेट एकेडमिको काम अगाडी बढेको छ । डिपिआर सम्पन्न भएको छ भने जग्गाको भोगाधिकारको काम सम्पन्न भएसँगैै निर्माण प्रक्रिया सुरु हुने मन्त्रालयले जनाएको छ । उनकै पहलमा कोहलपुर २ मा कवर्डहल र फुटबल एकेडेमी निर्माणको प्रक्रिया सुरु भएको छ भने कोहलपुरमा आधुनिक सिटीहल निर्माण गर्ने अथकको योजना छ । नेपालगंज रंगशालाको क्षमता बिकास, सेन्थेटीक ट्रयाक निर्माण, फल्ड लाईट जडान गर्ने योजना समेत टेण्डर प्रक्रियामा छ । कोहलपुरलाई ट्रन्जीट आधुनिक शहर, राप्ती सोनारी र नरैनापुरलाई कृर्षि र पर्यटनको हवको रुपमा बिकास गर्ने उनको सोच छ ।

बिकास पहुँुचका आधारमा नभई आवश्यकताका आधारमा हुनुपर्दछ भन्ने मान्यता बोकेका अथक साँसद भईसके पश्चात हरेक महिना आप्mनो निर्वाचन क्षेत्रका जनतासँग भेटघाट गर्न आउनले नियम नै बनाएका थिए । महिनामा २ पटक अनिर्वाय आफ्नो निर्वाचन क्षेत्रमा पुग्ने उनि सरल स्वभावका नेता हुन । स्थानिय स्तरका ठुला तथा साना र सार्वजनिक महत्वका बिषयमा संसदलाई सधैं ध्यानाकर्षण गराउने अथकले आफ्नो पाँच वर्षिय कार्यकालमा सार्वजनिक महत्वको विषयमा ३७ पटक संसदमा कुरा उठाएका थिए ।

Nabintech