७ बैशाख २०८१, शुक्रबार
बन्दाको सौन्दर्यता पुर्नस्थापित र थारु संग्राहलय निर्माण प्रमुख एजेण्डा : थारु


बाम लोकतान्त्रिक गठबन्धनबाट बाँके निर्वाचन क्षेत्र नं.१ (ख) बाट प्रदेशसभा सदस्य पदका उमेद्वार फूलाराम थारु यतिवेला चर्चामा छन् । प्रदेश सभा १ (ख) मा उमेद्वारी गर्दा गराई चुनावी मैदानमा उत्रिएका अन्य उमेद्वारहरुमध्ये हेवी वेट उमेद्वारका रुपमा रहेको आम मतदाताको बुझाई देखिएको छ ।

फुलारामको लोकप्रियता नै उनको चुनाव जित्ने प्रमुख आधार रहेको मतदाता भेटघाटका क्रममा प्राप्त सद्भाव र समर्थनले पुष्टि गरेको नेपाली काँग्रेस प्रदेश सभा १ (ख) सभापति तथा बाम गठबन्धन प्रदेश सभा १ (ख) संयोजक बलराम शर्मा बताउँछन् । बाँके क्षेत्र नं. १ नेपाली काँग्रेसको प्रभाव क्षेत्र भएकाले बाम लोकतान्त्रिक गठबन्धनका उमेद्वार प्रतिनिधी सभा सदस्यमा युवा तथा खेलकुद मन्त्री एवम् नेकपा माओवादी स्थायी समिति सदस्य महेश्वर जंग गहतराज अथक र प्रदेश सभा १ (ख) सदस्य पदमा नेपाली काँग्रेस महासमिति सदस्य समेत रहेका थारु सहित बाम लोकतान्त्रीक गठबन्धनका उम्मेदवारहरु भारी मतले बिजयी बन्नेमा आपूm ढुक्क रहेको निर्वाचन परिचालन संयोजक शर्मा बताउँछन् ।

नेपाली काँग्रेस कोहलपुर नगरपालिका वडा नं. १० का वडा सभापति मेघनाथ भट्टराई दावी गर्छन् । यस्तै बाम लोकतान्त्रिक गठबन्धनका उमेद्वारहरु मतदाता भेटघाट तथा चुनावी सभाका कार्यक्रमहरुलाई व्यापकता दिएका छन् । आइतवार राप्ती सोनारी वडा नं. ९ सहित कोहलपुर नगर क्षृेत्रका विभिन्न स्थानहरु अन्र्तगत वडा नं. ४, वडा नं. १२ र वडा नं. १० मा मतदाता भेटघाट तथा चुनावी सभा सम्पन्न भएको प्रदेश सभा सदस्य पदका उमेद्वार थारुले जानकारी दिए । आइतवारको अन्तिम चुनावी कार्यक्रम कोहलपुर नगरपालिका वडा नं. १० मा चुनावी सभा बाम लोकतान्त्रिक गठबन्धनले सम्पन्न गरेको छ ।

वडा नं. १० को चुनावी सभालाई नेकपा माओवादी केन्द्र केन्द्रिय सदस्य उषा पुन, नेपाली काँग्रेस बाँके जिल्ला उप सभापति कृष्ण कार्की, एकिकृत समावजादी नेतृ मञ्जु कोइराला लगाएतका अगुवा नेताहरु बाम लोकतान्त्रिक गठबन्धनका उमेद्वारहरुलाई बिजयी बनाउन आम मतदाताहरुलाई अपिल गरेका छन् । नेपाली काँग्रेसबाट लुम्बिनी प्रदेश समानुपातिक उमेद्वार सञ्जु चौधरी, नेकपा माओवादी केन्द्रबाट लुम्बिनी प्रदेश समानुपातिक उमेद्वार विष्णु चौधरी र प्रदेश सभातर्फका प्रत्यक्ष उमेद्वार थारु जस्तो सुकै परिस्थितीमा पनि जनताको पक्षमा उभिने प्रतिबद्वता व्यक्त गरेका छन् । यस क्षेत्रमा रहेका सबै वर्ग तथा समुदायलाई उत्तिकै स्थानमा राखेर थारु समुदायको उत्थान र पहिचानका लागि विशेष योजनाका साथ आफू चुनावी मैदानमा खडा भएको प्रतिक्रिया प्रदेश सभा सदस्य पदका उमेद्वार थारुले दिएका छन् । कोहलपुर १० मा रहेको ऐतिहासिक पर्यटकीय क्षेत्र बन्दाको सौन्दर्यता पुनः स्थापित गरेर क्षेत्रकै प्रमुख पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने अठोट लिएको भन्दै थारु संग्राहलय निर्माणको मुद्दालाई प्राथमिकता राख्ने उनले प्रतिबद्धता जनाएका छन् ।

गठबन्धनको तर्फबाट बाँके क्षेत्र नं. १ काे प्रतिनिधि सभातर्फ मन्त्री महेस्वर जंग गहतराज अथक  सँगै प्रदेश सभा १ (१) मा कृष्णा केसी (नमुना) र प्रदेश सभा १ (२) मा फुलाराम थारू चुनावि मैदानमा हाेमिएका छन ।

Nabintech