१४ बैशाख २०८१, शुक्रबार
बाँके १ : गठबन्धनको चुनावी अभियान तिब्र, उम्मेदवारलाई पन्चे बाजाले स्वागत


बाम लोकतान्त्रीक गठबन्धनका उम्मेदवारले घरदैलो अभियानलाई तिब्रता दिएका छन । चुनावको मिति नजिकिदैं गर्दा बाँके क्षेत्र नं. १ मा गठबन्धनको चुनावी अभियानलाई तिब्रता दिईएको हो ।

विकासको एजेन्डा लिएर मतदाताको घरआँगनमा पुगिरहेका गठबन्धनका उम्मेदवारलाई स्थानियले खुलेर समर्थन गर्दै आएका छन । आईतबार बाम लोकतान्त्रीक गठबन्धनका साझा उम्मेदवार महेश्वर गहतराज (अथक) र फुलाराम थारू कोहलपुरका बिभिन्न वडामा आयोजित घरदैलो कार्यक्रममा सहभागी भएका छन । बाँके क्षेत्र नं. १  उम्मेदवार जन भेटघाटमा पुग्दा स्थानियले पन्चे बाजाले स्वागत गरेका थिए ।

 

माओवादि केन्द्रका स्थायी समिति सदस्य समेत रहेका अथकले क्षेत्र नं. १ का मतदाताले गठबन्धनकै पक्षमा मतदान गर्ने प्रतिवद्दता जनाएको बताए । आफुले बिगतमा गरेका कामको मुल्यांकन गर्ने समय आएको बताउँदै अथकले एक पटक पुनस् काम गर्ने अवसर प्राप्त हुनेमा विश्वस्त रहेको बताए ।

घरदैलो अभियानकै क्रममा आईतबार कोहलपुरका विभिन्न वडामा पुगेका गठबन्धनका उम्मेदवारलाई स्थानियले जितको अग्रिम शुभकामना समेत दिएका थिए । आईतबार बिहानै बृहत घरदैलो गर्न कोहलपुर १२ चप्परगौंडि ,राप्ती सोनारीको वडा नं ९ मा पुगेका उम्मेदवारद्धय अथक र फुलारामलाई स्थानीयले भब्य स्वागत समेत गरेका थिए ।

 

चप्परगौडीका स्थानिय विवेक अधिकारीले जितेर गएपछि सबैको समस्या समाधान गर्दै देश विकासमा लाग्न उम्मेदवारहरुलाई सुझाव दिएका थिए । स्थानियसँगको भेटमा मन्त्री अथकले खड्गवार ढकेरी हुँदै सल्यानको घुईयाबारी जोड्ने अन्तरप्रदेशिय सडकको कामलाई तिब्रता दिने र समृद्ध कोहलपुर नगरपालिका बनाउने प्रतिवद्धता जनाएका थिए ।

प्रदेशका उम्मेदवार फुलाराम थारूले जनताको काम गर्ने प्रतिवद्ध रहेको जनाउँदै सबैले मत हालेर जिताउन आग्रह गरेका थिए । गठबन्धनको तर्फबाट बाँके क्षेत्र नं. १ को प्रतिनिधि सभातर्फ मन्त्री अथकसँगै प्रदेश सभा १ (१) मा कृष्णा केसी (नमुना) र प्रदेश सभा १ (२) मा फुलाराम थारू चुनावि मैदानमा होमिएका छन ।

Nabintech