१५ चैत्र २०८०, बिहीबार
नरैनापुरको मुहार फेर्नेछौ : गठबन्धनका उम्मेदवारहरु अथक र नमुना


बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारहरुले आगामी ५ बर्षमा नरैनापुरका मुहार फेर्ने प्रतिबद्धता जनाएका छन । शनिवार गठबन्धनका तर्फबाट नरैनापुर गाँउपालिकामा आयोजित चुनावी सभामा बोल्दै गठबन्धनबाट बाँके १ को प्रतिनिधी सभा तर्फका साझा उम्मेदावर अथक र बाँके १ १ का प्रदेश सभा सदस्य उम्मेदवार कृष्णा केसी नमुनाले उक्त प्रतिबद्धता जनाएका हुन । सभामा बोल्दै माओवादी स्थाई समिती सदस्य युवा तथा खेलकुद मन्त्री एंव उम्मेदवार महेश्वर जंग गहतराज अथकले बिगत ५ बर्षमा बिकासको जंग खोलिएको भन्दै आगामी ५ बर्षमा मुहार फेरीने बताए । उनले बिगतको दुर्गम नरैनापुरमा बिजुली , सडक पुर्वाधार , नदि नियन्त्रण , बिद्यालय , खानेपानी लगायतका पुर्वाधारहरु निर्माण गरिएको भन्दै अव कृषि , पर्यटन ,रोजगारमा जोड दिईने बताए । उनले नरैनापुमा छोटी भन्सार , ईलाका प्रशासन , नापि तथा मालपोतका शाखा कार्यलय स्थपनामा पनि जोड दिईने दाबि गरे ।


कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य कृष्णा केसी नमुनाले बिगतको कामको आधारमा आफुहरुले पुन मत माग्ने अधिकार रहेको भन्दै पुन अत्याधिक मत दिएर बिजयी गराउन आग्रह गरिने । उनले आफुहरुको आगामी कार्यकाल बिकासको बर्ष हुने दाबि गरिन ।
कार्यक्रममा बोल्दै नेपाली काग्रेसका केन्द्रिय सदस्य मैकुलाल बाल्मीकीले अथक र नमुना बाहेक अन्य उम्मेदवारले नरैनापुरमा भोट माग्ने नैतिक अधिकार नभएको बताए । उनले बिकट बघौडाको बिकासका लागी क्रियासील अथक र नमुना लाई मत दिएर बिजयी गराउन आग्रह गरे । उनले संबिधानको रक्षा र बिकासका लागी गठबन्धन गरिएको भन्दै दाया बाया नगरी मतदान गर्न समेत आग्रह गरे ।
कार्यक्रममा नेपाली काग्रेसका नेता हुर्मत न्यौपाने , पोषण केसी , कृष्ण कार्कीले देश भर ९१ स्थानमा प्रतिनिधी सभामा माओवादीले नेपाली काग्रेस लाई मतदान गर्ने भन्दै बाँके निर्वाचन क्षेत्र १ र प्रदेश सभा १ (१) मा कुनै संकोच नमानी गोलाकार भित्रको हँसिया हथौडामा मतदान गर्न अग्रह गरेका थिए ।
चुनावी शमामा माओवादी केन्द्रकी स्थाई समिती सदस्य पुर्ण कुमारी सुबेदी , एकिकृत समाजवादीका केन्द्रिय सदस्य अब्दुल हुसेन खाँले पनि गठबन्धनमा दाया बाया गर्ने छुट कसैलाई नभएको भन्दै आगामी सरकार गठबन्धनको बन्ने र यसले बिकास र समृद्धीको नेतृत्व गर्ने दाबि गरे ।
सभामा नेपाली काँग्रेसका नेता राम चन्द्र मौर्या , राज कुमार बर्मा, एकिकृत समाजबादीका समानुपातिक उम्मेदवार मौलाना अब्दुल जब्बार मञ्जरी लगायतले गठबन्धन लाई बिजयी गराउन कुनै कसर नराख्ने बताएका थिए । सभामा उल्लेख्य स्थानियको सहभागिता रहेको थियो ।

Nabintech