८ बैशाख २०८१, शनिबार
कोहलपुरको बजार क्षेत्रका स्थानियको गठबन्धनका उम्मेदवारलाई मतदान गर्ने प्रतिबद्धता


कोहलपुरका ११ का स्थानिय बासिन्दाले कोहलपुरको बिकासका लागी गठबन्धनका उम्मेदवारहरु लाई मतदान गर्ने प्रतिबता जनाएका छन ।
गठबन्धनका उम्मेदवारहरु प्रतिनिधी सभा तर्फ महेश्वर जंग गहतराज अथक र प्रदेशसभा तर्फ फुलाराम थारु सहितको घरदैलोमा पुगेको टोलि संग कोहलपुर ११ बजारक्षेत्रका स्थानियले यस्तो प्रतिबद्धता जनाएका हुन ।
अथक बिकासको भिजन भएको नेता भएको भन्दै उनलाई बिजयी गराउन आफुहरुले मतदान गर्ने उनिहरुको भनाई छ ।
कोहलपुरमा अन्तराष्ट्रिय क्रिकेट रंगशाला , रष्ट्रिय महिला क्रिकेट एकेडमि , फुटवल एकेडमी , कवर्डहल , कोहलपुरमा सिटीहल लगायतका ठुला र दुरगामी महत्वका योजना अगाडी सार्ने अथकल लाई पुन एक पटक प्रतिनिधी सभा सदस्यमा मतदान गर्ने उनिहरुको भनाई छ ।
घरदैलोका क्रममा युवा एंव जुझारु नेता फुलाराम थारु लाई बिजयी गराउन आफुहरु लागी पर्ने उनिहरुको भनाई थियो । थारु समुदायका ईमान्दार एंव कर्मठ नेता र कोहलपुरका माटो लाई चिनेको उम्मेदवार फुलाराम भएको उनिहरुको भनाई थियो ।
घरदैलोका क्रममा उम्मेदवार अथकले आफुले कोहलपुर लाई एक ट्रन्जीट शहरका रुपमा बिकास गर्न चाहेको बताएका थिए ।
उनले अधिल्लो कार्यकाल सिहदरबार लाई बुझ्न र बिकासको आधार तयार गर्न लागी परेको भन्दै अव कोहलपुरको दिगो बिकासमा लाग्ने बताए । प्रदेश सभा सदस्य थारुले कोहलपुरमा सबै खाले जाता जाती र भाषा भाषिको समाजिक एकता सहितको शहर निर्माण गरिने बताए ।
घरदैलोमा माओवादी केन्द्रका नेता नरेन्द्र न्यौपाने , नेपाली काग्रेसका नेता बलराम शर्मा लगायत समानुपातिक उम्मेदवार नेपाली काग्रसका तर्फबाट सञ्जु कुमारी थारु , माओवादी केन्द्रकातर्फबाट बिष्णु चौधरी , पबित्रा रोकाय लगायतको सहभागीता थियो ।
गठबन्धनका उम्मेदवारहरुले सुक्रवार कोहलपुर ६ का बिभिन्न टोलहरुमापनि घरदैलो गरेका छन ।

Nabintech