१३ बैशाख २०८१, बिहीबार
बाँके निर्वाचन क्षेत्र नं १:गठबन्धनका पक्षमा महिलाहरुको सक्रियता


बाम लोकतान्त्रिक गठबन्धन बाँके क्षेत्र नं १ का उम्मेदवारहरु जिताउनका लागी महिलाहरु सmित्रय अभियानमा लागेका छन ।
३० वटै वडामा महिलाहरु अलग्गै निर्वाचन परिचालन समिती गठन गरेको पाँच दलिय बाम लोकतान्त्रिक गठबन्धन उम्मेदवारहरु लाई जिताउनका लागी सक्रिय भएर लागेका हुन ।


महिलाहरुले संबिधानको रक्षा र समग्र बिकासका लागी गठबन्धनको आवश्यकता रहेको भन्दै गठबन्धनका उम्मेदवारहरु लाई बिजयी गराउन आफुहरु सक्रिय रुपमा लागेको उनिहरुको भनाई छ ।
गठबन्धन अगाडी
आगामी मंसिर ४ गते हुने संघ तथा प्रदेशसभा निर्वाचनमा बाँके क्षेत्र नं १ मा पाँच दलिय गठबन्धन मतभार अत्याधीक बढी छ ।
गत स्थानिय तहको निर्वाचतमा वडा अध्यक्षहरुले पाएको मतलाई आधार मान्दा नेकपा एमाले गठबन्धन भन्दा मताभार अधिक छ । निर्वाचन कार्यालय श्रोतका अनुसार गत स्थानिय तहमा नेपाली काँग्रेसका वडा अध्यक्षहरुले पाएको मत २८ हजार ६१९ , माओवादी केन्द्रका वडा अध्यक्षहरुले पाएको मत १७ हजार ११०, समाजवादीका वडा अध्यक्षले पाएको मत १ हजारको हाराहारीमा छ ।
जनता समाजवादी पार्टीले पाएको मत ९ हजार ९५१ छ । समाजवादी एकल रुपमा चुनाबि मैदानमा छ । नेकपा एमालेका वडा अध्यक्षहरुले प्राप्त गरेको मत २५ हजार ३१० मात्र रहेको छ । भने क्षेत्र नम्बर १ मा राजेन्द्र लिङदेल राप्रपाको ४ हजार ७८९ छ ।

Nabintech