१६ चैत्र २०८०, शुक्रबार
बाँके क्षेत्र नं १ : गठबन्धनका पक्षमा उत्साह जनक सहभागीता


बाम लोकतान्तिक गठबन्धन बाँके क्षेत्र नं १ का साझा उम्मेदवारहरुलाई जनभेटघाट तथा घर दैलो कार्यक्रममा स्थानीयको उत्साह जनक सहभागीता रहेको थियो ।
गठबन्धनका उम्मेदवारहरु घर दैलोमा जाने क्रममा स्थानीय जनताले संबिधान जोगाउने गठबन्धनका उम्मेदवारलाई विजयी गराउने प्रतिबद्धता सहित स्वागत गरेका हुन ।
सोमवार घर दैलोका क्रममा गठबन्धनका उम्मेदवारहरु राप्तीसोनारी गाँउपालिकाको वडा नं ३ र ४ तथा कोहलपुर नगरपालिकाको वडा नं २ मा पुगेका थिए ।


राप्ती सोनारीमा पुगेका उम्मेदवारहरुलाई हाल सम्म त्यस क्षेत्रको विकासको पहलकदमी गठबन्धनका दलहरुले नै लिएको भन्दै तिनै उम्मेदवार दोहरीएकाले यस पटक अत्यधिक मनले बिजयी गराउने प्रतिबद्धता जनाएका थिए ।
राप्तीसोनारीमा भएको कार्यक्रममा प्रतिनिधिसभा तर्फ गठबन्धनका साँझा उम्मेदवार महेश्वर जंग गहतराज (अथक), र प्रदेश सभा १ (क) का उम्मेदवार कृष्ण केसी नमुनाको सहभागीता रहेको थियो ।
राप्तीसोनारी क्षेत्रमा विकासमा अथक र नमुनाको उल्लेखनिय योगदान रहेको भन्दै उनिहरु निर्बिकल्प उम्मेदवार भएको बताए । उनिहरुले यस पटक पुनः बिजयी गराएर समृद्ध राप्ती सोनारी र नरैनापुर निर्माण गर्ने सोच रहेको उनिहरुको भनाई थियो ।
यता बाँके १ (ख) का प्रदेश सभा सदस्यका उम्मेदवार फुलाराम थारुले कोहलपुर २ को घरदैलोका क्रममा स्थानियले भब्य स्वागत गरेका थिए । उनिहरुले गठबन्धनको सरकारले भुमिहीनता समस्या लगायत समृद्ध कोहलपुर निर्माण गर्ने उनिहरुको भनाई छ ।

Nabintech