१५ चैत्र २०८०, बिहीबार
गठबन्धनका उम्मेदवार लाई जनताद्धारा भब्य स्वागत


बाम लोकतान्त्रीक गठबन्धन बाँके क्षेत्र नं १ का उम्मेदवारहरु लाई घरदैलो तथा जन भेटघाटका क्रममा जनताले अपार माया र भब्य स्वागत गर्ने गरेको पाईएको छ । जनताको आशा अव बाम लोकतान्त्रीक उम्मेदवार र अव बन्ने सरकारले पुरा गर्ने आशा सहित जनताले भब्य स्वागत गर्ने गरेका हुन ।
आगामी मंसिर ४ मा हुन गएको बाम लोकतान्त्रीक गठबन्धनको संयुक्त निर्वाचन परिचालन समितिले आईतवार कोहलपुर ७,८,९,१४,१५ मा समग्र जन भेटघाट कार्यक्रममा यस्तै दृष्य देखिएको थियो ।
जन भेटघाटका क्रममा जनताले प्रतिनिधी सभा सदस्य सम्मेदवार अथक र प्रदेश सभा सदस्य उम्मेदवार फुलाराम थारु लाई फुल माला रअबिर लगायएर स्वागत गरेका थिए ।

जन भेटघाट कार्यक्रममा बोल्दै  नेपाली काँग्रेसका सभापति नारयण गौडेलले ढुक्क भएर गठबन्धनका साझा उम्मेदवार लाई मतदान गर्न आग्रह गरे ।उनले आगामी सरकार गठबन्धन कै बन्ने भन्दै बिकास र समृद्धीको चाहाना गठबन्धन सरकारले पुरागर्ने पनि बताए ।

प्रतिनिधिसभा सदस्य उम्मेदवार अथकले भने हल्दारपुरमा रहेको श्री राम माध्यमिक विद्यालयको नयां संरचना बनाउने सडक क्षेत्रलाई व्यवस्थित गर्ने भित्री बाटाहरूमा सडक नाला बनाउने वचन व्यक्त गरेका छन् ।

साथै प्रदेश सभा सदस्य उम्मेदवार फुलाराम थारु भने यस क्षेत्रको समग्र विकास र सम्बृद्विका लागि गठबन्धन आबश्यक भएको र गठबन्धनको सरकारले जनताको मत खेरनजाने हिसाबले काम गर्ने छौं भन्देै निर्वाचन परिचालन समितिलाई फरक ढंगले रणनीतिबनाई लाग्नुपर्ने निर्वाचन परिचालन आग्रह समेत गरेका हुन्।

कार्यक्रमका सभापति बासुदेव शर्मा, सह संयोजक नेपाली कांग्रेसका १४ का सभापति रन्जित थापा, सह संयोजक सरण खतिवडा, प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य उम्मेदवार महेश्वर जंग गहतराज अथक, विशिष्ट अतिथि प्रदेश सभा सदस्य उम्मेदवार फुलाराम थारु, माओवादी केन्द्रका नेता एंव बाँके १ का निर्वाचन परिचालन समिती संयोजक नरेन्द्र न्यौपाने, सह संयोजक पोषण केसी ,बलराम शर्मा, बिष्णु चौधरी,निम बहादुर चलाउने, बिर बहादुर बिष्ट, एल।बि। आले, नरेस पौडेल लगाएतको सहभागिता रहेको थियो ।

Nabintech