१६ चैत्र २०८०, शुक्रबार
बिकास र समृद्धी लागी बाम लोकतान्त्रीक गठबन्धन : अथक


युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले बाँकेको विकासका लागी आफले नियमित रुपमा कदम उठाइ रहको बताएका छन ।
राप्तीसोनारी गाउँपालिका वडा न १ कुसुम स्थित चुनावी सभालाई सम्बोधन गर्दै मन्त्री अथकले यस्तो बताएका हुन । आफुले ५ वर्षै कालमा पनि संसदमा पटकपटक सदनमा राप्तीसोनारीको विकासको लागी संसदमा कुरा उठाउदै आएको बताए । विकट क्षेत्र भनेर चिनिने राप्ती सोनारी र नरैनापुरलाई मुलधारमा ल्याएको दावी गर्दै अब विकासको धारमा ल्याउने बताएका छन । बाँके क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका मन्त्री अथकले जनतालाइ एकताको भाव दिन गठबन्धन गरिएको बताउदै बाँकी रहेका कामहरु पुरा गर्न जनताले बाम लोकतान्त्रीक गठबन्धनका उम्मेदवारहरु लाई उत्याधिक मतले विजयी गराउन आग्रह गरेका थिए ।
कार्यक्रमा बोल्दै बाँके क्षेत्र १ क की ल्म्बिनी प्रदेश सभा सदस्यकी उम्मेदवार कृष्णा केसी नमुनाले नरैनापुर र राप्तीसोनारीको विकासका लागी थुप्रै कामहरु अगाडी बढाइएको बताउदै पछिल्लो ५ वर्षको अवधिमा विकासका कामहरुले गति लिएको बताइन ।


हामीले केही कामहरु सुरु गरेका छौ ति कामहरुलाई पुर्णता दिन गठबन्धनले जित्नुपर्छ उनले भनिन । कार्यक्रममा बाँके क्षेत्र १ समानुपातिक उम्मेदवार संगीता थारु समानुपातिक उम्मेदवार रामकृष्ण बि।क, कार्यक्रममा गठबन्धनका बाँके क्षेत्र नं १ को निर्वाचन परिचालन समिती संयोजक नरेन्द्र न्यौपाने , सह संयोजक पोषण केसी , माओवादी केन्द्रकी स्थाई समिती सदस्य पुर्णा कुमारी सुबेदी ,लगायतले आफ्ना भनाइ राखेका थिए । कार्यक्रममा बाम लोकतान्त्रीक गठबन्धनका नेता कार्यकर्ता सर्वसाधारण लगायको सहभागीता रहेको थियो ।

Nabintech