१३ बैशाख २०८१, बिहीबार
प्रदेश उम्मेदवार अकल बहादुर बमलाई टोल-टोलमा भव्य स्वागत


 नेपालगन्ज । बाँके जिल्ला निर्वाचन क्षेत्र नं. २(ख) बाट लोकतान्त्रिक वाम गठबन्धन अन्तरगत माओवादी केन्द्रबाट प्रदेशसभा उम्मेदवार अकल बहादुर बमलाई आम नागरिकले टोल, बस्तिमा भव्य स्वागत गरिरहेका छन् ।

जनताका दुःख पीडामा तत्काल घर दैलोमा पुग्ने, सहयोगका लागि आवश्यक समन्वय गर्दै निरन्तरत सक्रिय बमलाई आगामी मंसिर ४ गते हुने चुनावमा उम्मेदवारका रूपमा पाएपछि बाँके निर्वाचन क्षेत्र नम्बर २(ख) का बस्तिमा खुसी छाएको छ ।

युवा उमेर, लाभको पदमा नबस्दासमेत आम नागरिकका पक्षमा काम गर्ने, दोहोरो चिनजान र सम्बन्ध भएका कारण बम पुग्दा गठबन्धन दलका मात्रै नभएर अन्य दल आबद्ध एवं आम नागरिकले आफ्नो भावी सांसदका रूपमा अनुमोदन गरिरहेका छन् ।

बम पनि असम्भव सपना बाँड्ने र विपक्षीलाई गाली गरेर समय खेर फाल्दैनन् । बरु उनी जनताका कुरा सुनिरहेका छन् । जितपछि जनताकै बीचमा बसेर योजनाका खाका बनाउने बाचा गरिरहेका छन् । आफू अहिले र जितपछि पनि उस्तै व्यवहार गर्ने प्रतिबद्धता जनाइरहेका छन् ।

ढाई दशकयता निरन्तर राजनीति र समाजसेवामा खटिरहेका अकल बहादुर बम जिल्लाका सर्वस्वीकार्य युवा नेता हुन् । सहज पहुँच, सबैको फोन उठाउने, घर आँगनमा पुग्ने, जनताका कुरा सुन्ने, सबैको काम गर्ने उनको बानीले बमलाई जिल्लाबासीले दशक अघिदेखि नै वैकल्पिक नेतृत्वका रूपमा स्वीकार गर्दै आएका छन् । यसपटक उनलाई उम्मेदवारका रूपमा पाउँदा मतदाताले घर आँगनमा स्वागत गर्दै हौसला बढाइरहेका छन्, उर्जा प्रदान गरिरहेका छन् ।

नेकपा (माओवादी केन्द्र) का लुम्बिनी प्रदेश कमिटी सह-सचिव रहेका उनी स्पष्ट अडान र भिजनसहित निर्भिक भएर परिवर्तनकारी राजनीतिक आन्दोलनमा निरन्तर क्रियाशील छन् । असल, कुशल एवं विश्वसनीय प्रतिनिधिका रूपमा बाँके क्षेत्र नं. २(ख) बाट मंसिर ४ को चुनावमा बमलाई अत्यधिक मतले जिताएर सार्वभौम संसद सदस्य बनाउन यो क्षेत्र ले व्यवस्थित तयारी गरिरहेको दृश्य गाउँ बस्ति,टोल,टोलमा देख्न सकिन्छ ।

Nabintech