१५ चैत्र २०८०, बिहीबार
राप्तीपारीको बिकासको सपना हाम्रै नेतृत्वमा पुरा हुनेछ : अथक


बाँके क्षेत्र नं १ का निवर्तमान प्रतिनिधी सभा सदस्य एंव युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज (अथक)ले राप्तीपारीको बिकासको सपना अव बन्ने गठबन्धनको सरकारले पुरा गर्ने बताएका छन ।
आफु ५ बर्षे कार्यकालमा राप्ती नदिमा दोहरो तटबन्धन , सिक्टा सिचाई आयोजना र पुर्वी नगर , बिद्यालय भवनहरु लगायत थुप्रो साना ठुला आयोजनाहरु सुरुवात भएको भन्दै अव बन्ने गठबन्धको सरकारले बाँकी कामहरु पुरा गर्ने प्रतिबद्धता जनाएका थिए । उनले रोजगारीको सृजना , कृर्षि तथा पर्यटनको बिकास , सर्बसुलभ शिक्षा स्वास्थ्य अवको प्राथमिकता भएको बताए ।
राप्ती सोनारी गाँउपालिका वडा नं २ मा आयोजित जनभेटघाटमा बोल्दै उम्मेदवार अथकले सो कुरा बताएका हुन ।
अथकले राप्ती क्षेत्रमा बिजुली, बाटो, पुल पुलेसा र थुप्रै बिद्यालय भवन निर्माण गरिएको भन्दै आगमी बर्षहरुमा नमुना बिकासको कामहरु गरिने समेत दाबि गरे ।
कार्यक्रममा बाँके क्षेत्र नं १ क कि प्रदेश सभा सदस्य कृष्णा केसी नमुनाले राप्ती क्षेत्रमा समग्र बिकासका लागी एक अभियान सुरु गरिएको भन्दै त्यसलाई पुरा गर्न आफुहरु पुन उम्मेदवार बन्नु परेको बताईन ।
संबिधानको रक्षा र पालनामा लागेका दलहरु मिलेर बनेको गठबन्धनलाई बिस्वास गर्न समेत उनले आग्रह गरिन ।
कार्यक्रममा बाँके क्षेत्र नं १ निर्वाचन परिचालन समिती संयोजक नरेन्द्र न्यौपाने, नेपाली काग्रेका क्षेत्र नं १ सभापति एंव निर्वाचन परिचालन समिती सह संयोजक पोषण केसी, नेपाली काग्रेसका नेता माधव राम खत्रीले गठबन्धनका उम्मेदवारलाई बिजयी गराउन आग्रह गरेका थिए ।
नेताहरुले राष्ट्रिय आवश्यकताले गठबन्धन गरिएको भन्दै यसको बलमा देशको समृद्धि र बिकास गरिने बताए ।
गठबन्धनका उम्मेदवारहरु शनिवार नै राप्ती सोनारी गाँउपालिका ८ र ९ मा जन भेटघाट कार्यक्रम गरेका छन । उनिहरुले गठबन्धनका उम्मेदवारहरुले जनताले अनुभुत हुने गरि बिकासको नेतृत्व गर्ने दाबि गरेका छन
प्रदेश सभा ख अन्र्तगत पर्ने राप्ती सोनारी ८र९ को घर दैलोमा प्रदेश सभा सदस्य फुला राम थारुको सहभागीता रहेको थियो ।

Nabintech