१५ बैशाख २०८१, शनिबार
पुर्व जनमुक्ति सेना भन्छन, ‘गठबन्धनका उम्मेदवारलाई बिजयी गराउन प्रतिवद्ध छौं’


कोहलपुर । पुर्व जनमुक्ती सेनाका प्रतिनिधिहरुले पाँच दलिय बाम लोकतान्त्रीक गठबन्धनका उम्मेदवारहरुलाई बिजयी गराउने बताएका छन । शनिबार बिहान पुर्व जनमुक्ती सेनाका प्रतिनिधि तथा उम्मेदवारबिच कोहलपुरमा भएको भेटघाट तथा छलफलमा उनिहरुले बाम९लोकतान्त्रीक गठबन्धनका उम्मेदवारलाई जिताउने प्रतिवद्धता जनाएका हुन ।

आफुहरुको त्याग र बलिदानबाट प्राप्त ब्यवस्था र संविधानको रक्षार्थ पाँच दलिय गठबन्धनले खेलेको भुमिका महत्वपूर्ण रहेको भन्दै उनिहरुले आफुहरु सधैं अग्रगमनको पक्षमा रहेको बताए । महान जनयुद्ध र दोस्रो जनआन्दोलनबाट ब्यवस्था बदलिय पनि आम नागरीकको अवस्था भने उस्तै रहेको भन्दै आगामी निर्वाचनपछि बन्ने गठबन्धनको सरकारले आम जनताको अवस्था बदल्ने गरी काम गर्नुेपर्नेमा उनिहरुले जोड दिएका थिए ।

कार्यक्रममा बोल्दै गठबन्धनको तर्फबाट बाँके क्षेत्र नं १, प्रतिनिध सभा सदस्य पदका उम्मेदवार महेश्वर गहतराज (अथक) ले अहिलेको ब्यवस्था ल्याउनमा जनमुक्ती सेनले खेलेको भुमिका अतुलनिय रहेको बताए । उनले आफ्नो ज्यानको बाजी राखेर ब्यवस्था परिवर्तनको आन्दोलनमा होमिएका ज्ञातरअज्ञात सहिदहरुको सपना साकार पार्ने दायित्व गठबन्धको काँधमा आएको भन्दै गठबन्धनका उम्मेदवारहरुलाई जिताउने गरी अभियान चलाउन आग्रह गरे । “दश वर्षे जनयुद्धले वर्षौदेखी जरा गाडेर बसेको ब्यवस्थाको अन्त्य ग¥यो”, माओवादी केन्द्रका स्थायी समिती सदस्य समेत रहेका अथकले भने, “यो तपाई हामी सबैको देन हो । यसलाई संरक्षण गर्ने दायित्व अब हाम्रो काँधमा आएको छ ।”

कार्यक्रममा बोल्दै प्रदेश सभा (ख) का उम्मेदवार फुलाराम थारुले गठबन्धनका उम्मेदवारहरुलाई जिताउन सबै लाग्नुपर्ने बताए । हिजो परिवर्तनकालागी लडेका योद्धाहरु नै गठबन्धनको चुनावी कमाण्डरका रुपमा मैदानमा उत्रिनुपर्ने अवस्था आएको भन्दै दत्तचित्त भएर लाग्न थारुले आग्रह गरे । बिभिन्न कालखण्डमा परिवर्तनको नेतृत्व गरेका पार्टीहरु बिच भएको गठबन्धन देशलाई निकास दिन सक्षम रहेको उनको भनार्ई थियो ।

यसैबिच चुनावि अभियानकै क्रममा पाँच दलिय बाम९लोकतान्त्रीक गठबन्धनका उम्मेदवारहरुले क्षेत्र नं १ का बिभिन्न क्षेत्रमा घरदैलो अभियानलाई तिब्रता दिएका छन । अभियानकै क्रममा शनिबार कोहलपुर तथा राप्तीसोनारीका बिभिन्न वडामा वडास्तरीय कार्यक्रम आयोजना गरीएका छन । कार्यक्रममा प्रतिनिधि सभाका उम्मेदवार अथकसँगै प्रदेश (क) का उम्मेदवार कृष्णा केसी (नमुना) र प्रदेश (ख) का उम्मेदवार फुलाराम थारु सहभागी भईरहेका छन ।

Nabintech