१२ बैशाख २०८१, बुधबार
अनुभवी र परिपक्क उम्मेदवार लाई हाम्रो मत : कोहलपुर १२ र १३ का स्थानियवासी


कोहलपुर नगरपालिका वडा नं १२ र १३ का स्थानियले बाम लोकतान्त्रीक गठबन्धनका उम्मेदवारहरु लाई अत्याधिक मतले बिजयी गराउने प्रतिबद्धता जनाएका छन् । गठबन्धका तर्फबाट प्रतिनिधी सभा उम्मेदवार महेश्वर गहतराज अथक र फुलाराम थारु संगको अन्र्तक्रिया स्थानियले यस पटक प्रतिनिधी सभा पुर्ण कार्यकालका कामय राख्न गठबन्धन गरेका नेपाली काँग्रेस , माओवादी केन्द्र , नेकपा एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चा को गठबन्धनका साझा उम्मेदवारहरु लाई बिजयी गराउने प्रतिबद्धता जनाइएका हुन ।
उनिहरुले सिहदरवार चिनेको र अनुभव भएको नेता लाई पुन प्रतिनिधी सभामा बिजयी गराउने समेत बताए ।
उनीहरुले प्रतिनिधी सभाका निवर्तमान सांसद एंव युवा तथा खेलकुद मन्त्रीले यस क्षेत्रमा केहि बिकासको जगहरु तयार पारेको र केही गर्न बाँकी रहेकाले पुन एक पटक बिजयी गराउने प्रतिबद्धता जनाएका हुन ।
यस्तै प्रदेश सभाका उम्मेदवार फुलाराम थारु युवा एंव जुझारु रहेकाले उहाँलाई पनि अत्याधिक मतका साथ बिजयी गराउने स्थानियको भनाई छ ।
कोहलपुर १२ र १३ का स्थानियले कोहलपुर देखी सल्यानका घुईयावारी जोडने सडक निर्माणका लागी महत्वपुर्ण भुमिका खेलेको , राष्ट्रिय निकुञ्ज बाट हुने क्षति कम गर्नका लागी प्रभावकारी भुमिका खेलेको , साथै कोहलपुर १२ र १३ का बिभिन्न बिद्यायल भवन , पुल पुलेसा निर्माणका लागी पहलकदमी लिएको भन्दै धन्यवाद दिएका थिए ।
कार्यक्रममा बोल्दै प्रतिनिधी सभाका उम्मेदवार महेश्वर जंग गहतराज अथकले आगामी ५ बर्षमा कोहलपुर क्षेत्रले बिकासमा फड्को मार्ने र त्यसको पहलकदमी आफुले लिने प्रतिबद्धता जनाएका थिए ।


उनले कोहलपुर १२ को ज्ञानकुञ्ज उच्च माबि लाई प्रबिधीक धारमा लैजान सफल भएको भन्दै यसले शिक्ष क्षेत्रमा नयाँ आयाम थपेको बताए । उनले कोहलपुर १२ मा एक व्यवस्थीत अटो भिलेज निर्माण , कोहलपुर १३ मा पर्यटन प्रबद्धनका लागी होम स्टे निर्माण गरि रोजगार सृजना गनु पर्ने धारणा राखे । उनले बाँके राष्ट्रिय निकुञ्ज बाट हुने मानबिय क्षति कम गदै यस लाई आम जनताको आय आर्जन संग जोडनु पर्ने बताए । उनले कोहलपुर १२ देखि घुईयाबारी र कोहलपुर १२ देखि कोहलपुर १० , कोहलपुर ८ हुदै नेपालगंज सम्म जोड सडक निर्माणका लागी आफुले पहल लिएको भन्दै यसले बिकास साथै स्थानियको आय आर्जनमा पनि योगदान गर्ने बताए ।
कार्यक्रममा बोल्दै प्रदेश सभाका उम्मेदवार फुलाराम थारुले राष्ट्रिय आवश्यकता र कोहलपुरको आवश्यकता पनि गठबन्धनका उम्मेदवार भएको भन्दै ढुक्क भएर मतदान गर्न आग्रह गरे ।
उनले जनता संग गरिएका प्रतिबद्धता एक एक गरेर पुरा गरिने भन्दै स्थानिय , प्रदेश र संघ समेत गठबन्धन आवद्ध दलहरुको सरकार भएमा बिकासका लागी थप सहजता हुने धारणा राखे ।
कार्यक्रममा गठबन्धनका बाँके क्षेत्र नं १ को निर्वाचन परिचालन समिती संयोजक नरेन्द्र न्यौपाने , सह संयोजक पोषण केसी , माओवादी केन्द्रकी स्थाई समिती सदस्य पुर्णा कुमारी सुबेदी , बाँके १ प्रदेश ख का निर्वाचन परिचालन समिती संयोजक नेपाली काग्रेशका नेता बलराम शर्मा , सह संयोजक माओवादी नेता दामोदर अधिकारी लगायतको लगायतको सहभागीता रहेको थियो ।
गठबन्धनका उम्मेदवारहरुले शुक्रवार नै कोहलपुर नगरपालिका वडा नं ११, ५ , ६, १२ र १३ मा घरदैलो समेत गरेका छन ।

Nabintech