१४ बैशाख २०८१, शुक्रबार
बाँके क्षेत्र नं १ : गठबन्धनको चुनाबि कार्यक्रम तिब्र


बाम लोकतान्त्रिक गठबन्धनले कोहलपुर नगरपालिका बिभिन्न वडाहरुमा घर दैलो तथा जन भेटघाट कार्यक्रम तिब्र पारेको छ ।
गठबन्धनका तर्फबाट प्रतिनिधी सभाका उम्मेदवार महेश्वर जंग गहतराज अथक , प्रदेश सभाका उम्मेदवार फुलाराम थारुले सहित समानुपातिक उम्मेदवार हरु , पार्टीका नेताहरु सहितको घरदैलो तथा जन भेटघाट गरेको हो ।
उम्मेदवारहरुले कोहलपुर २ को बिकास नगर , कोहलपुर ११ को शान्ती टोल , कोहलपुर ३ को मदन चोक लगायतका स्थानमा घर दैलो तथा भेटघाट गरेको हो ।


उम्मेदवारहरुले घर दैलोका क्रममा जनता संग अन्र्तक्रिय गनु साथै जनताका गुनासोहरु संकलन गरेका थिए ।
स्थानिय बासिन्दाले कोहलपुर लाई आधुनिक शहरको रुपमा बिकास गर्न , भुमिहीनता , अब्यवस्थीत हरुको समस्या समाधान गर्न पहल कदमी आग्रह गरेका थिए ।


यस पटक गठबन्धनका उम्मेदवार बिजयी हुनेमा संका नहरेको भन्दै स्थानियले अनुभबि र परिपक्क नेतृत्वले सबग्र बिकासको नेतृत्व लिनु पर्ने बताएका थिए ।
जन भेटघाट तथा घर दैलोमा माओवादी केन्द्रको स्थाई समिती सदस्य पुर्ण कुमारी सुबेदी, नेता असोक रोकाय, प्रकाश सुबेदी, नेपाली काग्रेसका नेता पोषण केसी , बलराम शर्मा, टेक नारायण भुषाल, राष्ट्रिय जनमोर्चाका नेता तुलसी राम सापकोटा लगायतको सहभागीता रहेको थियो ।

बाँके निर्वाचन क्षेत्र नं १ को प्रतिनिधी सभामा महेश्वर जंग गहतराज (अथक) गोलाकार भित्रको हसिया हथौडा, प्रदेश सभा १ क मा कृष्णा केसी (नमुना) गोलाकार भित्रको हसिया हथौडा र १ ख मा फुलाराम थारु रुख चुनाव चिन्ह लिएर चुनावी मैदानमा छन् ।

Nabintech