११ बैशाख २०८१, मंगलवार
गठबन्धनका उम्मेदवार बिजयी गराउन वडा स्तर सम्म कार्यबिभाजन


संविधानको रक्षा, राजनीतिक स्थिरता र समृद्धिका लागि गठबन्धनका उम्मेदवारहरु लाई मतदन गरि बिजयी गराउन वाम लोकतान्त्रिक गठबन्धन बाँके निर्वाचन क्षेत्र नं. १ ले उच्च स्तरका नेताहरु लाई वडा तहको प्रतिनिधी रुपमा खटाएको छ ।
गठबन्धनको बाँके निर्वाचन क्षेत्र नं १ निर्वाचन परिचालन समितीको बैठकले केन्द्रको भएको गठबन्धनको मर्म र भवना लाई जनता र कार्यक्रर्ता स्तरमा पुर्याउन उच्च स्तरको नेताहरुको टोली नै वडा स्तरमा पठाउने निर्णय गरेको संयोजक नरेन्द्र न्यौपानेले जानकारी दिए ।
कार्य बिभाजन अनुसार नेताहरुले गाउ र टोलमा पुगेर गठबन्धनका उम्मेदवारको पक्षमा माहोल बनाउने बताईएको छ ।

राष्ट्रिय जनमोर्चाको प्रतिनिधी पछि पठाईने गठबन्धनद्धारा जारी परिपत्रमा उल्लेख छ ।

बाँके १ ख को अनुगमन समिती गठन
बाँके निर्वाचन क्षेत्र नं १ ख को अनुगमन समिती गठन गरिएको छ । नेपाली काँग्रेसका नेता भानुभक्त भटराईको संयोजकत्वमा ५ सदस्यीय अनुगमन समिती गठन गरिएको संयोजक बलराम शर्मा न्यौपानेले जानकारी दिए ।
अनुगमन समितीमा राष्ट्रिय जनमोर्चा तुलसी राम सापकोटा , माओवादी केन्द्रका तुला राज बिष्ट बिहानी , एकिकृत समाजवादीको वाई बि आले , र नेपाल समाजवादी पार्टीका बुद्ध सुनार सदस्य रहेका छन ।

 

Nabintech