१३ बैशाख २०८१, बिहीबार
अव बन्ने गठबन्धन सरकारले छिटो पुर्जा वितरण गर्ने आशा छ : कोहलपुर २ का स्थानिय

गठबन्धनका उम्मेदवारको घरदैलो पछि स्थानिय उत्साहीत



कोहलपुर /कोहलपुर नगरपालिका वडा नं २ का स्थानिय बासिन्दाले बाम लोकतान्त्रीक गठबन्धनको नेतृत्वमा बन्ने आगामी सरकारले भुमिहीन सुकुम्वासी र अब्यवस्थीत बसोवासीलाई प्राथमिकतामा राखेर जग्गाधनि प्रमाणपुर्जा वितरण गनुपर्ने बताएका छन ।
कोहलपुर नगरपालिका वडा नं २ को बिकास नगरमा आयोजित बाम गठबन्धनको घर दैलो कार्यक्रमका क्रममा स्थानिय बासिन्दाले अबको सरकार गठबन्धनको बन्ने निश्चित जस्तै भएकाले अव बन्ने सरकारले छिटो भन्दा छिटो जग्गाधनि प्रमाणपुर्जा बितरण गर्न माग गरे ।
कोहलपुर २ को अधिकाँस स्थानमा भुमिहनि, सुकुम्वासी र अब्यवस्थीत बसोवासीको समस्या रहेकाले समाधानका लागी प्रभावकारी पहल लिन आग्रह गरेका थिए ।


कार्यक्रममा क्रममा स्थानिय संगको अन्र्तक्रियमा बोल्दै बाँके १ प्रतिनिधी सभाका उम्मेदवार एंव माओवदी केन्द्रका स्थाई समिती सदस्य महेश्वर जंग गहतराज अथकले नयाँ सरकार गठन भएको ६ महिना भित्रै भुमिहीन सकुम्बासी र अब्यवस्थीत बसोवासीको जग्गाधनी प्रमाण पुर्जा बितरण सुरु गरिने बताए । उनले कोहलपुर नगरपालिका भित्रको कोही स्थानको नाप जाँचको काम सम्पन्न भई सकेको र केही निर्वाचनको कारण स्थगित भएको भन्दै निर्वाचन लगतै बन्ने गठबन्धनको सरकारले जग्गा धनि प्रमाण पुर्जा वितरण गर्ने बताए ।
उनले कोहलपुरमा भुमिहीन र सुकम्वासीको समस्या जटील रहेकाले प्राथमिकतामा राखेर काम अगाडी बढाइने समेत प्रतिबद्धता जनाए ।
उम्मेदवार अथकले भुमिहीन तथा सकुम्वासी र अवस्यवस्थीत बसोवासी बाहेकको कोहलपुर लाई आधुनिक शहरको रुपमा बिकास गर्ने , कृर्षी र पर्यटनको बिकास गरि रोजगारीको सृजना गर्ने, उद्योग तथा कलकारखानाको बिकास गरी बृहत रोजगारी सृजना गर्ने उनले बताए ।
कोहलपुर नगरपालिका वडा नं २ मा भएको घर दैलोमा बोल्दै प्रदेश सभा सदस्यका उम्मेदवार फुलाराम थारुले कोहलपुर क्षेत्रको समग्र विकासका लागी गठबन्धनको बिकल्प नरहेको बताए । उनले जनताका सबै खाले समस्या समाधानका लागी गठबन्धनको आवश्यकता रहेको दाबि गरे ।


उनले कोहलपुरमा स्थानिय सरकार पनि गठबन्धन आवद्ध दलको भएका कारण आगामी ५ वर्ष विकासले नयाँ गति दिने दाबि समेत गरे ।
घरदैलो कार्यक्रममा माओवादी केन्द्रको स्थाई समिती सदस्य पुर्ण कुमारी सुबेदी, नेता असोक रोकाय, प्रकाश सुबेदी, नेपाली काग्रेसका नेता बलराम शर्मा, टेक नारायण भुषाल, राष्ट्रिय जनमोर्चाका नेता तुलसी राम सापकोटा लगायतको सहभागीता रहेको थियो ।
बाँके निर्वाचन क्षेत्र नं १ को प्रतिनिधी सभामा महेश्वर जंग गहतराज ९अथक० गोलाकार भित्रको हसिया हथौडा, प्रदेश सभा १ क मा कृष्णा केसी ९नमुना० गोलाकार भित्रको हसिया हथौडा र १ ख मा फुलाराम थारु रुख चुनाव चिन्ह लिएर चुनावी मैदानमा छन् ।

Nabintech