१३ बैशाख २०८१, बिहीबार
अब नयाँ शक्तिको खाँचो छ : आनन्द बाबु काफ्ले


बाँके क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार आनन्द बाबु काफ्लेले नेपालमा पुराना दलका नेताहरुले अनैतिक क्रियाकलापबाट लोकतन्त्र नै संकुचित भएको बताएका छन् ।

राट्रिय स्वतन्त्र पार्टी बांके क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार काफ्लेले आइतबार गरिएको पत्रकारबिच अन्तरक्रिया कार्यक्रम बोल्दै काफ्लेले तीन तहका सरकारमा प्रदेश सरकारको औचित्य नभएको भन्दै प्रदेश सरकार सानो र कम खर्चिलो बनाउनुपर्ने बताए स्वतन्त्र पार्टीका उम्मेदवार आनन्द बाबु काफ्लले देश राजनितिक भुमरीमा फँस्दै गएको र भन्दै समयसापेक्ष सुधार गरी देशमा सुशासन, स्थिरता, विकास र समृद्धिका लागि आसन्न निर्वाचनमा स्वतन्त्र पार्टीका उम्मेदवारहरुलाई जिताउन आग्रह गरेका थिए । उम्मेदवार काफ्ले र पत्रकारबिचको अन्तरक्रिया कार्यक्रममा उनले सांसद विकास कोषको बजेट खारेज गरिनुपर्ने धारणा ब्यक्त गरेका हुन् ।

उनले निर्वाचनका बेला राष्ट्रको बजेट खर्च गर्दै जनता आफनो पक्षमा पार्ने र देशको ढुकुटि सखाप पारेको बताएका हुन् । आगामी मंसिर ४ गते हुने निर्वाचनमा आफूले निश्चित बजेट मात्रै खर्च गर्ने उल्लेख गरेका छन् । काफ्लेले बजेट नै खारेज हुनुपर्ने धारणासमेत राखेका छन् । काफ्ले र पत्रकारबिच आईतवार कोहलपुरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै काफ्लले तीन तहका सरकारमा प्रदेश सरकारको औचित्य नभएको भन्दै प्रदेश सरकार सानो र कम खर्चिलो बनाउनुपर्ने बताए । खर्चका हिसाबले नेपालले संघ , प्रदेश र स्थानिय तहको खर्च धान्न नसक्ने भन्दै देशलाई टाट हुन बाट जोगाउन पनि अब नया शक्तिको खाचो भएको औंल्याएका छन ।

 

Nabintech