८ बैशाख २०८१, शनिबार
जनतासंग कार्यक्रर्ताहरुले गरेका वचन कुनैपनि हालतमा खेरा जान दिदैनौ : अथक


बाम गठबन्धका तर्फबाट बाँके निर्वाचन क्षेत्र नं १ का उम्मेदवार महेश्वरजंग गहतराज अथकले गठबन्धनका उम्मेदवारहरु सक्षम, सालिन र परिपक्क नेतृत्व भएकोले ढुक्कसंग जनतामा भोट माग्न जान आग्रह गरेका छन् ।
जनतासंग कार्यक्रर्ताहरुले गरेका वचन कुनैपनि हालतमा खेरा जान नदिने बताउँदै अथकले सिहदरबार चिनेको नेतृत्व नै अहिलेको आवश्यकता भएको बताए ।
बाम लोकतान्त्रीक गठबन्धन बाँके १ ‘ख’ अन्र्तगतका वडा निर्वाचन परिचालन समितिको वडा संयोजक र सह संयोजकको कोहलपुरमा आयोजित भेलामा अथकले यस्तो बताएका हुन् ।
उनले सबै स्थानमा भोट माग्न जानका लागि समय अभाव हुन सक्ने भन्दै गठबन्धका सबै नेता कार्यक्रर्ता यतिखेर अथक र फुलाराम बन्नुपर्ने धारणा राखे ।


कोहलपुरलाई आधुनिक शहरका रुपमा विकास गरेरै छाड्ने बताउँदै अथकले सबैले गर्व गर्न लायक उदाहरणीय नेतृत्व आफुहरु बन्ने प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्यका उम्मेदवार फुलाराम थारुले गठबन्धनका उम्मेदवारहरु यस क्षेत्रका भु—राजनैतिक अवस्था बुझेकाले यहाँको जनताको भावना अनुसार विकासको नेतृत्व आफुहरुले गर्ने बताए ।
उनले यस पटक संघ र प्रदेशमा समेत गठबन्धको सरकार बन्ने भएकाले गठबन्धनका उम्मेदवार बिजयी भए मात्रै कोहलपुरको विकासले काँचुली फेर्ने धारणा राखे ।
संयोजकहरुको भेलाले गठबन्धका उम्मेदवारहरुलाई बिजय बनाउन कुनै कसुर बाकि नराख्ने प्रतिबद्धता जनाएको निर्वाचन परिचालन समिती संयोजक बलराम शर्माले जानकारी दिए ।
कोहलपुर १५ र राप्ती सोनारीका २ वडाका निर्वाचन परिचान समितीका संयोजक र सह संयोजक भेलाले संबिधान रक्षा र विकासका लागि गठबन्धका उम्मेदवारलाई विजयी गराउने प्रतिबद्धता जनाएको छ ।
बैठकले निर्वाचन परिचालन सम्बन्धी विभिन्न कार्यक्रमहरु निर्माण गरेको माओवादी केन्द्रका लुम्बिनी प्रदेश समिती सदस्य तुलाराज बिष्टले जानकारी दिए ।


कार्यक्रममा नेपाली काँग्रेसका महा—समिती सदस्य चिन्ता मणी धिताल, कोहलपुर नगर अध्यक्ष बिरेन्द्र शाह, माओवादी केन्द्रका नगर अध्यक्ष अवराज खड्का लगायतका नेता कार्यक्रर्ताको सहभागीता रहेको थियो ।
वडा निर्वाचन परिचालन समितीका संयोजक र सह संयोजकले स्थानिय स्तरका विकास निर्माण संग सम्वन्धीत मागहरु संकलन गर्ने र गठबन्धका उम्मेदवारलाई बिजयी गराउन प्रचार प्रसार अभियान सञ्चालन गर्ने निर्णय समेत गरेको निर्वाचन परिचालन समितीका सदस्य सचिव भिम प्रसाद पौडेलले जानकारी दिए ।

Nabintech