१३ बैशाख २०८१, बिहीबार
बाँके १ मा गठबन्धनको प्रचार अभियान तिब्र


बाँके क्षेत्र न. १ मा बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यका लागी उम्मेदवार युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) र प्रदेश (क) बाट उम्मेदवारी दिएकि निवर्तमान प्रदेश सांसद कृष्ण के।सी (नमुना) चुनावी प्रचार प्रसारमा निकै व्यस्त छन ।

शनिबार पनि अथक र नमुना राप्ती सोनारीका विभिन्न वडामा व्यस्त रहे । ५ बर्षिय कार्यकालमा जनताले सम्झिन लायकका काम गरेका अथक र नमुनाले जनता संग मत माग्न जाँदा अधुरा काम पुरा गर्ने र समृद्ध क्षेत्र बनाउन विशेष प्याकेज ल्याउनेमा जोड दिइरहेका छन । राप्ती सोनारी वडा न. १ कुसुमको विभिन्न गाउँमा गठबन्धनका नेता कार्यकर्तालाई भेटघाट गर्नुको साथै अथक र नमुनाले जनताहरुको घर दैलोमा गएर चुनावी प्रचार गरेका छन् ।

यसैगरी राप्ती सोनारी वडा न.८ को सम्शेरगन्जमा पनि मन्त्री अथकले चुनावी भेटघाट गरेको स्वकीय सचिव दिलिप सोनीले जानकारी दिए । उनका अनुसार कोहलपुर नगरपालिकाको सबै वडाका गठबन्धनमा भएका दलका नेता कार्यकर्ताहरुलाई पनि मन्त्री अथकले सम्वोधन गर्दै चुनावमा होमिन निर्देशन दिएको सोनीको भनाई थियो । यता राप्ती सोनारी वडा न. २ को चुनाव लक्षित सम्पर्क कार्यालयको उद्घाटन गरिएको छ । प्रदेश सभा सदस्यकि उम्मेदवार कृष्णा के.सी (नमुना) ले गठबन्धनका नेता कार्यकर्ताहरुको उपस्थितिमा वडा न. २ को सम्पर्क कार्यालयको उद्घाटन गरेकि हुन । यसैगरी बाम गठबन्धनको वडा स्तरिय बैठकलाई पनि नमुनाले सम्वोधन गरि चुनावमा सबै लाग्न भनेकि छिन् ।
प्रदेश सभा सदस्यकी उम्मेदवार नमुनाले घमण्डका साथ जनता माझ भन्न मिल्ने, हुलाकी राजमार्ग निर्माण, विद्युत विस्तार,पुर्वि नहर विस्तार , शिक्षा क्षेत्रमा बृहत योजना, शिक्षा हाँसिल गर्ने किशोरीलाई साईकल वितरण, घर घरमा चुल्हो ग्याँसको व्यवस्था लगायतको उल्लेख्य कार्य गरेको बताईन । कार्यकर्ताहरुलाई निर्देशन दिदै सबै कार्यकर्ता यतिबेला आफु उम्मेदवार भएर जनताको घर घरमा माओवादी ,नमुना  र अथकले गरेको काम बारे प्रचार गर्न नमुनाले आग्रह गरिन ।

कार्यक्रममा नेपाली कांग्रेस बाँकेका प्रवक्ता डिल्ली गिरी, महिला नेतृ संगिता चौधरी लगायतका गठबन्धनमा आवद्ध रहेका दलहरुका नेता कार्यकर्ताको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै उनीहरुले बाम लोकतान्त्रिक गठबन्धनलाई बलियो बनाएर लैजानुपर्नेमा जोड दिएका थिए ।

Nabintech