७ बैशाख २०८१, शुक्रबार
बाँके १ ख मा गठबन्धन द्धारा १६ वडामा प्रचार कार्यालय स्थापना


५ दलिय गठबन्धनले बाँके १ ख का १६ वटा वडामा प्रचार कार्यालय स्थापना गरेको छ । गठबन्धन सम्बद्ध जिल्ला प्रदेश र केन्द्रका नेताहरुको नेतृत्वमा प्रचार कार्यालयहरु स्थापना भएको संयोजक बलराम शर्मा न्यौपानेले बताए ।

कोहलपुरका १४ र राप्ती सोनारीका २ वटा वडा गरि १६ वडामा उत्साहजनक रुपमा प्रचार कार्यालय स्थापना गरिएको जानकारी दिए । कोहलपुर वडा नं १४ मा सोमवार प्रचार कार्यालय स्थापना गर्ने तय गरिएको भएपनि बिशेष कारणले स्थगित भएको उनले बताए ।
आईतवार कोहलपुर १ देखी ८ सम्म र सोमवार कोहलपुरको ९ , १० , ११ ,१२, १३ , १५ र राप्ती सोनारीको ८ र ९ मा वडा प्रचार कार्यालय स्थापना गरिएको हो ।
प्रचार कार्यालय स्थापनाका क्रममा बोल्ने नेताहरुले गठबन्धनको मर्मअनुसार सबै दलहरु चुनावी अभियानमा होमिने बताएका थिए । संविधान बचाउने र मास्नेबीचको लडाई भएकाले गठबन्धनलाई सफल बनाउन आफुहरु लागी पर्ने प्रतिबद्धता गरेका थिए ।
संविधानको रक्षा, देशको विकास र स्थायित्वका लागि गठबन्धन अपरिहार्य रहेको उनिहरुको भनाई छ ।
गठबन्धन सत्ता र शक्ति आर्जनका लागि नभएर संविधान पूर्ण रूपमा कार्यान्वयन गर्न र लोकतन्त्रलाई संस्थागत गर्नका लागि अपरिहार्य भएकाले एक ढिक्का भएर लाग्न उनिहरुले नेता कार्यक्रर्ता लाई आग्रह गरेका छन ।

गठबन्धनका तर्फबाट बाँके निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधी सभा सदस्यमा गोलाकार भित्रको हसिया हथौडा चिन्ह बाट माओवादी केन्द्रका स्थाई समिती सदस्य एंव युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज अथक र प्रदेश सभा १ ख बाट रुख चुनाव चिन्ह लिएर नेपाली काग्रेसका युवा नेता फुलाराम थारु चुनाबि मैदानमा छन ।

Nabintech