१५ चैत्र २०८०, बिहीबार
‘सञ्चार माध्यमको विकास भएपछि मात्र समृद्धि हुन्छ’ : खेलकुद मन्त्री अथक


युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज ९अथक० ले स्थानीय सञ्चार माध्यमको विकास र प्रवद्र्धन गर्नमा सबैले हातेमालो गर्नुपर्ने बताएका छन । समृद्धिका लागि सञ्चार नेपालद्धारा सञ्चालित रेडियो भूवर भवानी ९८.८ मेगाहर्जले राप्ती सोनारी २ अगैयामा सोमबार (आज) आयोजना गरेको तेस्रो वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी अथकले सञ्चार माध्यमको विकास भएपछि मात्र समृद्धि हुनेमा जोड दिए ।

उनले बाँके जिल्लाको राप्ती सोनारी र नरैनापुर क्षेत्र सञ्चार माध्यमबाट पछाडी परेको अवस्थामा रेडियो भूवर भवानी स्थापना भएपछि सूचना र सञ्चारमा अत्यन्तै टेवा पुगेको बताए । सबै क्षेत्रले आ(आफ्नो तर्फबाट स्थानीय रेडियोलाई सहयोग गर्नुपर्ने र आफु पनि सहयोग र सहकार्य गर्न तयार रहेको प्रतिवद्धता जनाए । ‘भौतिक पुर्वाधारको विकास गरेर मात्र हुदैन, समृद्धिका निम्ति सञ्चार माध्यमको पनि विकास हुन जरुरी छ,’ उनले भने । सञ्चार माध्यमले स्थानीय स्तरका समस्यालाई उजागर गर्नुपर्ने मन्त्री अथकको सुझाव थियो ।

समृद्धिका लागि सञ्चार नेपालका अध्यक्ष एवं रेडियो भूवर भवानीका कार्यकारी प्रमुख अर्जुन ओलीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा पुर्वमन्त्री प्रेमबहादुर भण्डारी, राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेल, संविधान सभा सदस्य पट्टु थारु, लुम्बिनी प्रदेशका निर्वतमान सांसद कृष्णा केसी ‘नमुना’, राप्ती सोनारी गाउँपालिकाका संस्थापक अध्यक्ष लाहुराम थारु, गाउँपालिका उपाध्यक्ष मनिषासिंह थारु, गाउँपालिकाका संस्थापक उपाध्यक्ष धनीकुमारी खत्री, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका सचिव जयसिंह केसी, नेपाली कांग्रेस राप्ती सोनारीका सभापति भिमबहादुर रानाक्षेत्री, समाजसेवी तिर्थराज डाँगी, नागरिक उन्मुक्ती पार्टीका नेता सुरेश थारु, राप्ती सोनारी ४ का वडाअध्यक्ष मिनराज खड्का ‘सन्तोष’, थारु पत्रकार संघ बाँकेका अध्यक्ष हेमन्त चौधरी, नेपाल शिक्षक महासंघ राप्ती सोनारीका उपाध्यक्ष लेखराज ओली लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

सो क्रममा रेडियो भूवर भवानीको स्थापनाकालदेखी जोडिएर सहयोग तथा सहकार्य गरे वापत राप्ती सोनारी गाउँपालिका कार्यालय अगैया बाँकेलाई दोसल्ला र कदरपत्र सहित सम्मान गरियो । यस्तै रेडियो स्थापना गर्नका लागि महत्वपूर्ण योगदान पुर्याए वापत राप्ती सोनारी गाउँपालिकाका संस्थापक अध्यक्ष लाहुराम थारुलाई दोसल्ला ओढाएर कदरपत्रसहित सम्मान गरिएको थियो । यसैगरी रेडियोको स्थापनाकालदेखी हालसम्म कार्यरत रहेर उत्कृष्ट कार्य सम्पादन गरे वापत रेडियोका कर्मचारी धर्मराज खड्का ‘विष्णु’ लाई नगद ५ हजार ५ सय ५५ सहित दोसल्ला र सम्मान पत्र प्रदान गरेर सम्मान गरिएको थियो । त्यस्तै रेडियो स्थापनाकालदेखी हालसम्म निरन्तर रुपले जोडिएर विज्ञापन प्रशारण गरेकोमा उत्कृष्ठ विज्ञापनदाताको रुपमा श्वेता पोलिक्लिनिक प्रा।लि। राप्ती सोनारीका सञ्चालक मिनराज खड्का सन्तोषलाई सम्मान गरिएको थियो ।

रेडियो सञ्चालक समितिका सचिव एवम् अधिवक्ता चित्रबहादुर केसीले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन स्टेशन म्यानेजर बिमला चौधरीले गरेकी थिईन । वार्षिक उत्सव समारोहमा विभिन्न नृत्य समेत प्रस्तुत गरिएको थियो ।

रेडियो २०७६ कात्तिक ७ गते लक्ष्मी पुजाका दिन स्थापना भएको थियो । रेडियो स्थापनाकालदेखी हालसम्म दैनिक साढे १५ घण्टा प्रशारण भइरहेको छ । रेडियो सूचना, स्थानीय तथा राष्ट्रिय समाचार, मनोरञ्जनात्मक र ज्ञानमुलक कार्यक्रम प्रशारण गर्दै आएको छ ।

Nabintech