१५ चैत्र २०८०, बिहीबार
चुनावी गतिविधिहरुलाई युद्धस्तरमा अघि बढाउन युवा नेता न्यौपाने को निर्देशन

कोहलपुर वडा नं. १ मा निर्वाचन परिचालन समितीको कार्यालय संचालनमा



बाम लोकतान्त्रीक गठबन्धनले कोहलपुर नगरपालिका वडा नं. १ मा संयुक्त निर्वाचन परिचालन समितिको कार्यालय संचालनमा ल्याएको छ । आईतबार नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य नरेन्द्र न्यौपानेले बाम लोकतान्त्रिक गठबन्धनको निर्वाचन क्षेत्र नं। १ (ख) अन्तर्गत वडास्तरी निर्वाचन परिचालन समितिको कार्यालयको उद्घाटन गरेका हुन ।
कार्यालयको उद्घाटन गर्दै न्यौपानेले चुनावी गतिविधिहरुलाई युद्धस्तरमा अघि बढाउन निर्देशन दिएका छन । उनले प्रतिगमनकारी तत्वलाई निमिट्यान्न नपारेसम्म देश अस्थीरतामै अल्झिरहने भएकाले आसन्न निर्वाचनमार्फत संविधान र ब्यवस्था बिरोधी तत्वलाई परास्त गरी गठबन्धनका उम्मेदवारहरुलाई जिताउनुपर्ने बताए ।
नेपाली काग्रेसका नेता कृष्ण बिकले बिकास र स्थाईत्वका लागी गठबन्धन आवश्यक रहेको बताए ।

वडास्तरीय संयुक्त निर्वाचन परिचालन तथा सम्पर्क कार्यालय स्थापना गरि बाम लोकतान्त्रीक गठबन्धनलाई बलियो बनाई आगामी मंसिर ४ गते गठबन्धनको टिमलाई बिजय गराउने उद्देश्यले बाम लोकतान्त्रीक गठबन्धनको संयुक्त निर्वाचन परिचालन समितिको सम्पर्क कार्यालय स्थापना गरिएको छ ।

उद्घाटन कार्यक्रममा बर्दि प्रसाद जैसी, द्रोपता पाण्डे लगायत नेता तथा कार्यकर्ताहरुको उपस्थित रहेको थियो ।

Nabintech