१६ मंसिर २०७९, शुक्रबार
विकास र स्थायित्वका लागि गठबन्धनले जित्नैपर्छ : पुन


नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य पार्वती पुन (उषा) ले गठबन्धनको मर्मअनुसार सबै दलहरु चुनावी अभियानमा लाग्नुपर्ने बताएकी छन । संविधान बचाउने र मास्नेबीचको लडाई भएकाले गठबन्धनलाई केटाकेटीको खेलजस्तो नसम्झन उनले आग्रह गरीन ।

आईतबार बाँके निर्वाचन क्षेत्र नं। १ (ख) अन्र्तगत कोहलपुर नगरपालिका वडा नं। २ मा बाम(लोकतान्त्रिक गठबन्धनको संयुक्त निर्वाचन परिचालन तथा सम्पर्क कार्यालयको उद्घाटन गर्दै पुनले भनिन, ‘संविधानको रक्षा, देशको विकास र स्थायित्वका लागि गठबन्धन अपरिहार्य छ ।’

विगतका ठुला–ठुला राजनीतिक परिवर्तनकालागि विभिन्न दलहरुका बीचमा सहकार्य भएको स्मरण गर्दै पुनले एकमन एकताकासाथ गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गरीन ।

कार्यक्रममा नेपाली काँग्रेसका नगर सभापति विरेन्द्र कुमार शाह, नेकपा माओवादी केन्द्रका वडा नं २ का अध्यक्ष अमर विक र बाम गठबन्धनका संयुक्त निर्वाचन परिचालन कमिटि वडा नं. २ का संयोजक यज्ञ महराले बाम लोकतान्त्रिक गठबन्धन सत्ता र शक्ति आर्जनका लागि नभएर संविधान पूर्ण रूपमा कार्यान्वयन गर्न र लोकतन्त्रलाई संस्थागत गर्नका लागि अपरिहार्य भएकाले एक ढिक्का भएर लाग्न सबैलाई आग्रह गरेका थिए । कार्यक्रममा गठबन्धनको तर्फबाट क्षेत्र नं. १ (ख) का उम्मेदवार फुलाराम थारु र समानुपाति उम्मेदवार विष्णु चौधरी कार्यक्रममा उपस्थित रहेको थियो ।

गठबन्धनका तर्फबाट बाँके निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधी सभा सदस्यमा गोलाकार भित्रको हसिया हथौडा चिन्ह बाट माओवादी केन्द्रका स्थाई समिती सदस्य एंव युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज अथक र प्रदेश सभा १ ख बाट रुख चुनाव चिन्ह लिएर नेपाली काग्रेसका युवा नेता फुलाराम थारु चुनाबि मैदानमा छन ।

Nabintech