७ बैशाख २०८१, शुक्रबार
संविधान र ब्यवस्थाको रक्षाकालागि गठबन्धन : अथक

दलित अधिकारका पक्षमा निरन्तर वकालत गर्दै आएका शक्तिहरू बिच भएको गठबन्धनलाई जिताउन आग्रह



युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले वर्षौदेखि दमनमा परेका दलित समुदायलाई राज्यको मुलधारमा ल्याउने काम माओेवादिले गरेको बताएका छन । दिपावली तथा छठ पर्वका अबसरमा दलित संघर्ष समिति नरैनापुर बाँकेले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै मन्त्री अथकले अहिलेको ब्यवस्था ल्याउन माओवादीले ठुलो लडाई लड्नुपरेको बताए ।

संविधानमै दलित, अल्पसंख्यक तथा पिछडिएका समुदायको अधिकार सुचिकृत गरीएको बताउँदै मन्त्री अथकले अबको पुस्ताले अधिकारको लडाई लड्नुपर्ने अवस्था नरहेको बताए । ‘संवैधानिक रूपमै दलित समुदायको अधिकार सुनिश्चित भईसकेको छ’ बाँके क्षेत्र नं। १ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार समेत रहेका अथकले भने ‘विगतमा जसरी अब फेरी अधिकारको लडाई लड्नुपर्ने छैन ।’

संविधान निर्माण र ब्यवस्था परिवर्तनकालागि महत्वपुर्ण भुमिका खेलेका दलहरू पछिल्लो समय एकै ठाँउमा केन्द्रित भएका बताउँदै अथकले पाँच दलिय गठबन्धन त्यसकै उपज रहेको प्रष्ट पारे । प्रतिगमनकारी तत्वबाट संविधान तथा ब्यवस्थाको रक्षाकालागि पाँच दलिय (बाम लोकतान्त्रीक) गठबन्धनको जन्म भएको जिकिर गर्दै मन्त्री अथकले निर्वाचन मार्फत प्रतिगमनलाई परास्त गर्नुपर्ने बताए ।

 

कार्यक्रममा बोल्दै प्रदेश सभा (क) का उम्मेद्वार कृष्णा केसी नमुनाले दलित अधिकारका पक्षमा निरन्तर वकालत गर्दै आएका शक्तिहरू बिच भएको गठबन्धनलाई जिताउन आग्रह गरीन । उनले ५ वर्ष अघिको नरैनापुर र अहिलेको नरैनापुरको अवस्थालाई हेरेर मुल्यांकन गर्न समेत मतदातालाई आग्रह गरीन । अघिल्लो पटक निर्वाचित भएपछि केन्द्रीय सांसद र प्रदेश सांसदको हैसियतमा आफुहरूले नरैनापुरको बिकासकालागि थुप्रै पहल गरेको जिकिर गर्दै उनले बिगतमा भएका बिकास निर्माणका काम हेरेरै जनताले पुन एकपटक आफुहरूलाई जिताउने विश्वास ब्यक्त गरीन ।

दलित संघर्ष समितिका अध्यक्ष मोलहे आर्यको अध्यक्षतामा आयोजना गरीएको शुभकामना आदान प्रदान कार्यक्रममा नेपाल समाजबादीका केन्द्रीय सदस्य हिक्मत बिक, दलित एकता संजाल नरैनापुरका अध्यक्ष रामनरेश हरिजन, स्थानिय दलित अगुवा रामवालक हरिजन, सियाराम धोबी लगायतका दलित नेताहरुले आफ्नो धारणा राखेका थिए

Nabintech