६ बैशाख २०८१, बिहीबार
कोहलपुर ४ मा बाम लोकतान्त्रिक गठबन्धनको संयुक्त निर्वाचन परिचालन समितिको सम्पर्क कार्यालय उद्घाटन


बाके निर्वाचन क्षेत्र १ (ख) को कोहलपुर नगरपालिका वडा नं ४ को बाम लोकतान्त्रिक गठबन्धनको संयुक्त निर्वाचन परिचालन समितिको सम्पर्क कार्यालय उद्घाटन गरिएको छ ।
आईतवार एक कार्यक्रमका विच बाम लोकतान्त्रिक गठबन्धन कोहलपुर नगरपालिका वडा ४ को संयुक्त निर्वाचन परिचालन समितिको सम्पर्क कार्यालय उद्घाटन गरिएको हो ।

संविधानको रक्षा, राजनीतिक स्थायित्व, दिगो विकास र सम्बृद्धिका लागि बाम लोकतान्त्रिक गठबन्धन भएको प्रमुख अतिथी तथा राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष भिम प्रसाद देबकोटा बताए । बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताउन गाँउ, बस्ती घर घरमा खटिन उनले आब्हान गरे ।

मुलुकको आवश्यकता संविधान रक्षाका लागि गरिएको बाम लोकतान्त्रिक गठबन्धन अनुरुप गठबन्धन दलभित्रका नेता कार्यकर्ताले युद्धस्तरमा खटिनुपर्ने कार्यक्रमका निर्वाचन परिचालन समितिका संयोजक तथा नेकपा एकीकृत समाजबादी पार्टीका जिल्ला कमिटी सदस्य दिल्दार बेडुवाले बताए ।

कार्यक्रममा नेपाली काङ्ग्रेस माहासमिती सदस्य लुट बहादुर खत्री एकीकृत समाजबादी पार्टी नगर इन्चार्ज
दिपक बहादुर शाही ,माओवादी जिल्ल समन्वय समिती सदस्य असोक पोख्रेल , नेकपा माओवादी केन्द्रका नेता सुरज जागा तथा नेता कार्यकर्ताको उपस्थिती रहेको थियो । कार्यक्रम सन्चालन नेकपा एकीकृत समाजबादी जिल्ला कमिटी सदस्य उपेन्द्र बहादुर शाहीले गरेका थिए ।

कार्यक्रममा बाम लोकतान्त्रिक गठबन्धनका नेता कार्यकर्ताहरुले जसरी भएपनि बाँके निर्वाचन क्षेत्र नं १ का उम्मेदवार अथक र प्रदेश उम्मेदवार फुलाराम थारुलाई जिताउन जिताउने प्रतिबद्धता गरेका छन ।

Nabintech