७ बैशाख २०८१, शुक्रबार
कोहलपुर ३ मा गठबन्धनको संयुक्त निर्वाचन परिचालन कार्यालय स्थापना


कोहलपुर नगरपालिका वडा नं ३ मा बाम लोकतान्त्रीक गठबन्धन को संयुक्त निर्वाचन परिचालन समितिको प्रचारप्रसार सम्पर्क कार्यालयको स्थापना गरिएको छ । नेपाली काँग्रेस लम्बिनी प्रदेश कमिटी सदस्य अन्जना पान्डेले प्रचार कार्यालयको उद्घाटन गरेकी हुन । कार्यक्रममा बोल्दै पाण्डेले लोकतन्त्र र संबिधानको रक्षाका लागी गठबन्धन गरिएको बताउदै गठबन्धका उम्मेदवार लाई जिताउन आग्रह गरिन । उनले आगामी सरकार गठबन्धनको बन्ने भन्दै यस क्षेत्रमा गठबन्धनका उम्मेदवार बिजयी भए मात्र यस क्षेत्रको बिकास सम्भव हुने धारणा राखिन । उनले प्रतिनिधी सभामा प्रत्यक्ष तर्फका उम्मेदवार महेश्वर जंग गहतराज अथक लाई गोलाकार भित्रको हसियाँ हथौडा र बाँके १ ख प्रदेश सभामा फुलाराम थारु लाई रुख चिन्हमा मतदान गरि अत्याधिक मतले बिजयी गराउन आग्रह गरिन ।


कार्यक्रममा बोल्दै माओवादी केन्द्रका लुम्बिनी प्रदेश कमिटी सदस्य एंव बाँके १ ख को निर्वाचन परिचालन समितीको सह संयोजक दामोदर अधिकारीले गठबन्धनका उम्मेदवारको जित सुनिश्चित रहेको बताए । उनले बिकास र समृद्धि गठबन्धन बाट मात्रै सम्भव भएको धारणा राखे । कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तुलसीराम सापकोटाले प्रतिगमन लाई पराजित गर्न गठबन्धन अनिवार्य भएको धारणा राखेका थिए ।
वडास्तरीय संयुक्त निर्वाचन परिचालन तथा सम्पर्क कार्यालय स्थापना गरि बाम लोकतान्त्रीक गठबन्धनलाई बलियो बनाई आगामी मंसिर ४ गते गठबन्धनको टिमलाई बिजय गराउने उद्देश्यले बाम लोकतान्त्रीक गठबन्धनको संयुक्त निर्वाचन परिचालन समितिको सम्पर्क कार्यालय स्थापना गरिएको छ ।

कार्यक्रममा बोल्दै नेविसंघ नेता युवारज विष्ट ले हाम्रो गठबन्धन कुनै ब्याक्तिका विरुद्ध होइन हाम्रो गठबन्धन संविधान को जीवन रक्षाका निमित्त लोकतन्त्र को संस्थागत विकास लागि भएको बताए । लोकतन्त्र लाई जीवन दिन संविधान को कार्यन्वयन गर्ने पक्षमा युवा विद्यार्थी साथीहरू लाई एकताबद्ध भयर गठबन्धन लाई सहयोग गर्न आह्वान गरे ।

प्रभा बुढाको अध्यक्षतमा भएको कार्यक्रममा ४ दलिय गठबन्धनका नेता कार्यक्रर्ताको सहभागीता रहेको थियो ।

Nabintech