१३ बैशाख २०८१, बिहीबार
संविधान पूर्ण रूपमा कार्यान्वयन गर्न बाम–लोकतान्त्रिक गठबन्धन :सञ्जु कुमारी थारु

कोहलपुरका ८ वडाहरुमा संयुक्त निर्वाचन परिचालन कार्यालय स्थापना



कोहलपुर/बाम–लोकतान्त्रिक गठबन्धनले निर्वाचन क्षेत्र नं. १ (ख) अन्र्तगत कोहलपुर नगरपालिकाको १ देखि ८ नम्वर वडाहरुमा वडास्तरीय संयुक्त निर्वाचन परिचालन तथा सम्पर्क कार्यालय स्थापना गरेको छ । संयुक्त निर्वाचन परिचालन तथा सम्पर्क कार्यालय उद्घाटन गर्ने क्रममा कोहलपुर नगरपालिका वडा नं. ७ मा लुम्विनी प्रदेश सभाका प्रत्यक्ष तथा समानुपातिक तर्फका उमेद्वारहरुले शुरुवात गरेका छन् ।

नेपाली काँग्रेस बाँके सचिव एवम् लुम्बिनी प्रदेश समानुपातिक तर्फ उमेद्वार सञ्जु कुमारी थारुले बाम–लोकतान्त्रिक गठबन्धन सत्ता र शक्ति आर्जनका लागि नभएर संविधान पूर्ण रूपमा कार्यान्वयन गर्न र लोकतन्त्रलाई संस्थागत गर्नका लागि अपरिहार्य भएकाले केन्द्रमा भएको चार दलिय गठबन्धनको विकल्प नभएको बताइन् । उनले अग्रगमनका पक्षधर बाम लोकतान्त्रिक गठबन्धनका दलको चुनाव चिन्हमा मतदान गर्नु राजनीतिक धर्म भएकाले गठबन्धन दलका नेता कार्यकर्ता मात्र नभई समस्त मतदाताहरु समुन्नत राष्ट्र निर्माणका लागि तयारी अवस्थामा रहेको बताइन् ।

यस्तै बाम लोकतान्त्रिक गठबन्धनतर्फबाट लुम्बिनी प्रदेश प्रत्यक्ष उमेद्वार फुलाराम थारुले बर्तमान समयमा बाम लोकतान्त्रिक गठबन्धन किन भनेर आम मतदाताहरूलाई जानकारी गराउनुपर्नेमा जोड दिए । आपूm स्थायी रुपमा बसोवास गरिरहेको वडा भएकाले पनि वडा नं. ७ मा बाम लोकतान्त्रिक गठबन्धन बाहेक अन्य दलहरु हावी हुन नसक्ने जिकिर गरे । एमाले अध्यक्ष केपी शर्मा वलीको सर्वसत्तावाद र अहंकारका कारण बाम लोकतान्त्रिक गठबन्धन निर्माण भएको सबै जनतामाझ जगजाहेर भएकाले अव जनताको अभिमत कता जाने भनेर स्पष्ट देखिएको बताए ।

दुई पटक संसद विघटन गरेर लोकतन्तरको मूल्य मान्यतामाथि निर्मम प्रहार गर्ने केपी वलीको घमण्ड अबको निर्वाचन पछि चक्नाचुर हुने उनको दावी छ । कार्यक्रममा बाम लोकतान्त्रिक गठबन्धन अन्र्तगत वडा प्रतिनिधीहरु नेकपा माओवादी केन्दका दान वहादुर वली र नेपाली काँग्रेस प्रतिनिधी जय सिंह के.सी.ले चार दलिय गठबन्धनका उमेद्वारलाई बिजयी बनाउन मतदाता उत्साहित देखिएको बताए । मतदाताहरूमाझ लोकप्रिय नेताहरू नै उमेद्वार भएकाले जीत सुनिश्चित भएको भन्दै मंसिर ४ पछि अग्रगमनका पक्षधर दलहरूको गठबन्धन अहिलेको आवश्यकता रहेकोमा जोड थियो । काँग्रेस प्रतिनिधी जयसिंह के.सी.ले समाजवाद उन्मुख संविधानलाई संस्थागत गरेर लोकतन्त्रलाई बलियो बनाउन गठबन्धन, शान्ति र सम्वृद्धिका लागि गठबन्धन आवश्यक रहेको बताउँदै गठबन्धन दलका नेतृत्वको कडा निर्देशन भएकाले गठबन्धनका दलका चुनाव चिन्हलाई एक अर्को गठबन्धन दलले आत्मसाथ गर्ने विश्वास व्यक्त गरे ।

बाँके १ मा बाम लोकतान्त्रीक गठबन्धका तर्फबाट प्रतिनिधी सभा तर्फ गोलाकार भित्रको हसियाँ हथौडा चिन्ह लिएर महेश्वर गहतराज अथक र प्रदेश सभा १ ख मा रुख चुनाव चिन्ह लिएर फुलाराम थारु चुनाबि मैदानमा छन ।

Nabintech