११ बैशाख २०८१, मंगलवार
जनताको अमुल्य भोटलाई खेर जान दिने छैन:अकल बहादुर बम


 

नेकपा (माओवादी केन्द्र)बाँके क्षेत्र नं २ (ख) को नेपालगन्जमा नगर पार्टी कार्यालयमा रहेको निर्वाचन मुख्य सचिवालयको कार्यालय उद्घाटन कार्यक्रम आज सम्पन्न भएको छ।
सचिवालयको कार्यलय उद्घाटन गर्ने क्रममा नेकपा(माओवादी)का युवा नेता तथा बाँके क्षेत्र नं।२ प्रदेश ञखझका उम्मेदवार अकल बहादुर बमले पार्टी कार्यकर्ता तथा मतदाताहरूलाई सम्बोधन गर्दै उहाँले जनताको अमुल्य भोटलाई खेर जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो। जनतालाई झुटा आश्वासन दिने, जनता झुक्याउने नेतालाई यसपाली चुनावमा जनताले नै ठेगान लगाउनु पर्ने बताउनु भयो ।
‘ एकपटक यो पार्टीलाई मौका दिन उहाँले अपिल गर्दै तपाईंहरूको यो विश्वासलाई डगमगाउन दिनेछैन । नेपालगन्जमा विकासको लहर लिएर मतदातासँगै रहने उहाँले प्रतिवद्दता जनाउनु भएकोछ ।
नेता बमले अवको नेतृत्व युवा सक्षम व्यक्तिलाई चुन्न जनता समक्ष अपिल गर्नु भयो । जनताको काम गर्न नसके अर्कोपटक चुनावी मैदानमा घरीघरी नआउने समेत बताउनु भयो । सधैं जनता झुक्याउनेलाई चिन्न पनि नेता बमले जनतालाई सचेत गराउनु भयो।
नगर पार्टी कार्यालयमा रहेको निर्वाचन मुख्य सचिवालयको कार्यालय उद्घाटन कार्यक्रम भएको निर्वाचन परिचालन कमिटीका संयोजक नविन शर्माले जानकारी दिनु भयो । यसै क्षेत्रमा रहने प्रदेश समिति सदस्य, जिल्ला समन्वय समिति सदस्य र नगर पदाधिकारीहरुको कार्य बिभाजन हरेक वडाहरुले नेतृत्व गरेर प्रचार मोर्चालाई चुस्त र दुरुस्त बनाउने भएको छ ।

वडाहरुमा जनभेला, जनभेटघाट, घरदैलो कार्यक्रमलाई व्यापक बनाएर लैजाने मुल निर्वाचन परिचालन समिति संयोजक शर्माले बताउनु भयो । मतदाता शिक्षालाई प्रभावकारी बनाउन नमुना मतपत्र प्रत्यक वडामा व्यवस्थित गर्ने, सबै वडामा मत सर्वेक्षण तथा विश्लेषण गर्ने, पार्टीको घोषणा पत्र, प्रचार सामग्री तयार गर्ने जस्ता निर्णय गरि अगाडि बढ्ने बताइएको छ ।

बैठकको अध्यक्षता नगर अध्यक्ष रतन बहादुर शाहिले गर्नु भएको थियो । बैठकमा नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य अन्जना (अर्पणा) चौधरी, प्रदेश सहसचिव अकल बम, प्रदेश सदस्य नवीन शर्मा, जिल्ला समन्वय समिति सचिब डिल्ली बराल (अमिर)v लगायत जिल्ला सदस्य, नगर पदाधिकारी, सदस्यको उपस्थिति थियो

Nabintech