४ बैशाख २०८१, मंगलवार
बाम लोकतान्त्रीक गठबन्धन बाँके १ ख ले आईतवार एकै पटक ८ वडामा प्रचार कार्यालय स्थपना गर्ने


बाम लोकतान्त्रीक गठबन्धनको संयुक्त निर्वाचन परिचालन समिति बाँके निर्वाचन क्षेत्र नं १ (ख) ले आईतवार ८ वटा वडामा वडा प्रचार कार्यालय स्थपना गर्ने भएको छ । संयोजक बलराम शर्माका अनुसार कोहलपुर नगरपालिकाको १ देखी ८ सम्मका वडाहरुमा प्रचार कार्यालय स्थापना गर्न लागिएको हो ।
नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा ९एकिकृत समाजवादी० र राष्ट्रिय जनमोर्चाद्वारा गठीत प्रतिगमन बिरोधी मोर्चाले मंसिर ४ को प्रतिनिधी सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको प्रचार अभियान लाई प्रभावकारी बनाउन कार्यालय स्थपना गर्न लागिएको हो ।
आईतवार ८ र सोमवार बाँकी ९ वडामा प्रचार कार्यालय स्थपना गरिने प्रदेश निर्वाचन परिचालन समितीका सह संयोजक दामोदर अधिकारीले जानकारी दिए ।
वडाको प्रचार अभियान लाई व्यवस्थीत गर्नका लागी गठबन्धनमा आवद्ध दलहरुका तर्फबाट पनि नेतहरु लाई खटाईएको अधिकारीले जानकारी दिए ।
प्रचार कार्यालय स्थपना संगै चुनाव प्रचार प्रसारको कामले गति पाउने छ । यस अघि प्रदेश स्तरमा बलराम शर्मा न्यौपानेको नेतृत्वमा २ हजार १ सय ५५ सदस्यीत निर्वाचन परिचालन समिती गठन गरिएको छ ।

Nabintech